तिहार गीतको लफ’डामा दुर्गेश’लाई खो’ज्दै प्र’हरी

  पत्रपत्रिका खबर  267 पटक हेरिएको

तीजको बेला ‘हामी पनि नाच्नुपर्छ बीच्च–बीच्चमा’ गीत गाएर चर्चित बनेका गायक दुर्गेश थापा तिहारको मुखमा गाएको ‘ह्याप्पी तिहार, चिसो बियर’ गीतले विवादमा तानिएका छन् । तिहारको गीतभित्र उनले गाएको ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने अंश कानूनी रुपमा विवादमा तानिएको छ । तिहारको बेला बियर खाने प्रचार गरेका कारण उनी सामाजिक रुपमा आलोचित समेत बनेका छन् ।

कानूनी रुपमा प्रतिबन्धित गाँजा खानुपर्छ भन्दै गीत गाएपछि दुर्गेशविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको छ । उजुरीको कारवाहीका लागि प्रशासन कार्यालयले महानगरीय अपराध महाशाखा टेकुलाई गायक दुर्गेश थापालाई झिकाउन निर्देशन दिएको छ ।

प्रशासनको आग्रहमा गायक दुर्गेश थापाको खोजी भइरहेको महाशाखाका एसएसपी सहकुल थापाले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार गायक दुर्गेश थापालाई सम्पर्कमा ल्याएर प्रशासनमा बुझाइने छ । उजुरीकर्ताले तिहारको गीतभित्र रहेको गाँजा खाने कुरा संशोधन गर्न माग गरेका छन् । प्रशासन कार्यालयले निवेदकको माग अनुसार कारवाही प्रक्रिया अगाडि बढाएको छ । गायक दुर्गेश थापाले भने आफूलाई प्रहरीबाट हालसम्म कुनै खबर नआएको लोकान्तरलाई जानकारी दिए । यस्तो छ बिवादित बनेको भिडियो गित ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार