हेलो युवा कार्यक्रम सुरु

  मूलधारपोष्ट  242 पटक हेरिएको

जय बहादुर रावत, बाजुरा। बडिमालिका नगरपालिका ,सेभ द चिल्डेन र पीसविन बाजुरा अन्तर्गत युवा सशक्तिकरण बुलगारी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा र बडिमालिका नगरस्तरिय युवा संजाल द्धारा सञ्चालित बडिमालिका युवा सुचना केन्द्रमा हेलो युवा कार्यक्रम सुरु भएको छ । बडिमालिका नगर प्रमुख पदम बडुवा द्धारा क्बmकगलन न्बबिहथ ब्ज्ञण् मोबाइला र टोल फ्रि नम्बर १६६०९७५४००१ नम्बर सहित हस्तान्त्रण गरि आजबाट संचालनमा ल्याएको छ बडिमालिका नगरपालिकामा स्थापित बडिमालिका युवा सुचना केन्द्र २०७४ साल मंसिर २७ गते सेभ द चिल्डेन र पीसविन बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा सुचना केन्द्रको स्थापना भएको थियो ।

यस बडिमालिका नगरपालिका भित्रका तथा बाजुरा जिल्ला भरका युवा तथा बालबालिकाको सिप तथा क्षमता बृद्धि गर्न तथा आधुनिक युग अनुसारको युवा शक्ति निर्माण गर्नको लागि जिल्ला कै नमुनाको रुपामा युवा सुचना केन्द्र स्थापना भएको हो । हाल सम्म यस बडिमालिका युवा सुचना केन्द्रले बडिमालिका नगरपालिका भित्रका तथा जिल्ला भरका युवाहरुलाई सस्तो तथा सबल रुपमा सुचना तथा अन्य सेवा निरन्तर दिदै आएको सुचना केन्द्र व्यवस्थापक तथा प्रशिक्षक जय बहादुर रावतले बताउनुु भएको छ । साथै यस युवा सुचना केन्द्रलाई थप युवा लक्षित तथा प्रभावकारी सुचना सम्प्रेषणका लागि सेभ द चिल्डेन र पीसवीन बाजुराको सहयोगमा हेलो युवा कार्यक्रम अन्तरगत युवा तथा बालबालिकाको समस्या तथा आवश्यकतालाइ मध्य नजर गदै टोल फ्रि नम्बार संचालनमा ल्याएको हो ।

यस कार्यक्रमबाट युवाहरुले नगरपालिका तथा जिल्लामा अवस्थित सरकारी तथा गैरसरकारी संघ संस्थाबाट पाउने सुविधा तथा रोजगारका अवसरहरुलाई सहज रुपमा फोन मार्फत निशुल्क सेवा प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको बडिमालिका युवा सुचना केन्द्र व्यबस्थापन समिति अध्यक्ष प्रशान्तराज जोशीले बताउनु भएको छ । यसबाट फोन गर्दा पैसा नलाग्ने र युवा तथा बालबालिकाका गुनासा फोन मार्पmत कार्यालय समय वा विहान १०बजे देखि साँझ ५बजे सम्मा टिपाउन सकिने भएको छ ।

विषेश गरि युवाका लागि आधुनि तथा प्राविधीको विकास गराउन यो हेलो युवा कार्यक्रम संचालनमा ल्याएको सेभ द चिल्डेन जिल्ला कार्यक्रम अधिकृत प्रेम पुनले बताउनु भएको छ । विशेष गरि १८ बर्ष देखि ४० बर्ष समुहका युवाहरु तथा अभिभावकहरुका लागि बढि भन्दा बढि लाभान्वित गराउने उद्देश्यले र यस कार्यक्रम मार्फत प्राप्त भएका जिज्ञाशा र सुझाबहरुलाई समेटी युवा सुचना केन्द्र मार्फत नगरपालिका तथा अन्य सरकारी तथा गैर सरकारी निकायमा कार्यक्रम संचालनको लागि प्रस्तावना पेश गरि युवाहरुको क्षमता विकासका कार्यक्रम संचालन गरिने भएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार