सिँचाइ कुलो निर्माण पछि कोर्दका स्थानीय खुसी

  मूलधारपाेष्ट  296 पटक हेरिएको

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिकाको वडा नं ६ कोर्दमा सिँचाइ कुलो निर्माण भएपछि याहाँका स्थानीयवासी खुसी भएका छन् । बडिमालिका नगरपालिकाको आर्थिक सहयोगबाट चाल्ने खोला देखि बुडा कोर्द सम्मको करिब ३ सय ५ मिटर लम्बाइ सिँचाइ कुलोे निमार्ण भएपछि याहाँका स्थानीयवासी खुसी भएका हुन् ।

सिँचाइको अभावमा हिउँदेबालीमा राम्रो उत्पादन नहुने र वर्खामा पनि पानी अभावका कारण समयमै खेती लगाउन नसक्ने समस्या भोग्दै आएका कोर्दगाउँवासीका लागि चाल्ने खोला सिचाँइ कुलो निर्माण भएपछि सबै प्रकारको खेतीका लागि सिचाँइ गर्न समेत सहज भएको स्थानीय कन्धरी पडुवालले बताउनु भयो ।

गाउँमा भएको बाँझो जमिनको सदुपयोग गर्दै उत्पादत्व वृद्र्धि गर्ने उद्देश्यले स्थानीय सरकारले कृर्षि क्षेत्रलाई प्राथमिकता राखेको बडिमालिका नगरपालिका वडा नं ६ का वडा सदस्य जंग बहादुर साँउदले बताउनु भयो । सिचाँइको व्यवस्था भएलतत्तै याहाँका किसानहरुले मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने योजना बनाउन थालेको वडा सदस्य साउँदले बताउनु भयो ।

बडिमालिका नगरपालिको ४० लाख रकमबाट निमार्णबाट गरिएको सिचाँइ कुलोबाट कोर्दका ४ सय ३८ भन्दाबढी घरपरिवार लाभान्वित भएको चाल्ने खोला –बुडा कोर्द डोगडी सिचाइ कुलो निमार्ण उपभोत्ता समितिका अध्यक्ष शेर बहादुर दानीले बताउनु भयो । कुलो बनेपछि समयमै आलु सिचाँइ गर्न पाइने आशाका साथ याहाँका किसानले धमाधम आलुखेती लगाउँन थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार