Breaking : जनपद र म्यादी प्रहरी विच झडप, झडपमा गोली लागेको १ को मृत्यु

  मूलधार सम्वादाता  461 पटक हेरिएको

कालिकोट-  कालिकोटमा प्रहरी र म्यादि प्रहरीबीच झडप हुदा १ जना म्यादि प्रहरीको मृत्यु भएको छ । २ जना घाईते भएका छन् ।

म्यादी प्रहरीले पाउने तलव सुबिधामा ३ हजार कटौति गरेको भन्दै म्यादि प्रहरी आन्दोलनमा उत्रिएपछि दुवै पक्ष बीच झडप हुदा एक जनाको मृत्यु भएको हो ।

स्थिती तनावग्रस्त भएपछि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिकाका म्यादी प्रहरी बिवेक ऐरीकोे मृत्यु भएको हाम्रा सहकर्मी पुष्प भट्राईले जानकारि दिएका छन् ।

उनको टाउकोमा गोली लागेको थियो । तर यसको पुष्टि हुन भने बाँकी छ । घाइते मध्ये १ को अवस्था गम्भिर रहेको छ भने १ जनको अवस्था सामान्य रहेको छ । उनिहरुको जिल्ला अस्पताल मान्म कालिकोटमा उपचार भैरहेको जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार