देउडा गाएक शोभाका ३ वटा देउडा गीतकाे छायाकंन मार्तडीमा

  मूलधारपाेष्ट  721 पटक हेरिएको

बाजुरा । चर्चित देउडा गायिका शोभा थापाका ३ वटा देउडा गीतको छायाकंन मालिका माविको प्राङ्गणमा गरीएको छ । सुदूरपश्चिमका बनपाखामा गाईने देउडा गीतहरुको छायाङ्कन मार्तडीमा गरिएको गीतका गायिका शोभा थापाले बताएकी छन् ।

गितले खोजेको परीबेश अनुसारका देउडा गीतहरुको बाजुरा जिल्लामा सहभागि भएको समय पारी तिन ओटा देउडा गितको छायाङ्कन गरीएको गायिका थापाले बताईन् ।  आईतबार मार्तडीमा छायाङ्कन गरिएका देउडा गीतहरु तिहार लगत्तै बजारमा आउने गितका निर्दैशक भिम बिष्ट अछामी रेखाले बताएका छन् ।

सांगितिक क्षेत्रमा प्रबेश गरेदेखी दउडा गितबाट सुरुवात गरेको र अहिले सम्म पनि देउडा गितलाई नै प्राथामिकतामा राखेर सांगितिक क्षेत्रमा लागीरहेकी गायिका शोभा थापाले बताईन् । आइतबार छायाङ्कन गरिएका सवै देउडा गितहरुको छायाङ्कन सुदूरपश्चिमका चर्चित क्यामेरामेन डिबि रौलेले गरेका छन् भने तिन ओटै देउडा गीतको निर्देशन भिम बिष्ट अछामी रेखाले गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार