ड्रग्’सको कु’लतमा फसे प्रकाश स’पुत भिडियो सहित

  पत्रपत्रिकाबाट  2902 पटक हेरिएको

पछिल्लो समयका निकै चर्चित कलाकार प्रकाश सपुत अभिनित तिहारको गीत सार्वजनिक भएको छ । गीतमा सपुतले ड्रग्सको कुलतमा फसेको एक व्यक्तिको अभिनय गर्नुभएको छ । सपुतको दिदीको रुपमा कलाकार सरिता लामिछानेले भूमिका निर्वाह गर्नुभएको छ । गायक रामकृष्ण ढकालको स्वर रहेको गीतमा रमेश बिजीको शब्द तथा बिबि अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ । संकर बिसीले निर्देशन गरेको गीतको भिडियोलाई नविन घर्तीमगरले सम्पादन गर्नुभएको हो । टीका माला बोलको गीतले तिहारमा दिदी बहिनी तिहारमा नआउँदाको पिँडालाई दर्शाउँन खाजेको छ । भिडियो अन्तमा राखिएको छ

प्रकाश सपुत बारे यो पनि पढ्नुहोस् । संगीत वृत्तमा प्रकाश सपुत भावुक गायकका रुपमा परिचित छन् । स–साना कुराले पनि उनलाई छोइहाल्छ । कहिलेकाहीँ घरमा मध्यरात पनि यसै रोइदिन्छन् रे ! अन्तर्वार्ताका क्रममा समेत उनी पटक–पटक भावुक भए, बोल्दैगर्दा पटक–पटक अड्किए । उनी आफू त रुन्छन् नै अहिले परदेशीको पीडा समेटिएको गीत ‘बोल माया’मार्फत् धेरै दर्शक÷श्रोता रुवाइरहेका छन् । दोहोरीमा पहिलोपल्ट प्रयोग भएको ‘दोहोरी ब्याटल’ पनि उनैले ल्याएका थिए । यही सेरोफेरोमा रहेर बाग्लुङ, धुम्जाका सपुतसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी :

तपाईंको नामबाटै कुराकानी सुरु गरौं है । नामको पछाडि सपुत किन राख्नुभयो ? मेरो खास नाम प्रकाश विक हो । पहिलेबाटै साहित्यमा एकदमै रुचि थियो । गाउँका स्थानीय पत्रिकातिर गजल, कविता लेखिन्थ्यो । स्कुलमा पनि भित्तेपत्रिका निकाल्थ्यौँ । एउटा गजल प्रतियोगिताका लागि मैले ‘सपुत’ शब्द प्रयोग गरेँ । दिमागमा झट्ट सोच आयो, ‘मेरो नाममा प्रकाश सपुत राख्यो भने कस्तो सुनिएला !’ प्रकाश सपुत विक राख्दा लामो सुनिने भएपछि प्रकाश सपुत मात्रै राखेँ । नाम त थुप्रै पटक फेरियो भन्ने सुनेको, हो ? हो नि ! वसन्त प्रकाश हरियाली, प्रकाश दुःखी, प्रकाश विरहीलगायत थुप्रै नाम मैले राखेँ । पुराना पत्रिका अझै सुरक्षित राखेको छु, जहाँ पुराना नामहरु भेटिन्छन् । अहिले हेर्दा आफैँलाई हाँसो लाग्छ ।

नामको पछाडि जात नखुलाउनुको अरु पनि केही सामाजिक कारण होलान् कि ? नियतवश मैले नाममा जात नखुलाएको होइन । प्रकाश सपुत विक लेख्दा लामो हुने भएर मात्र हो तर जातकै कारण मैले दुःख पाएका घटना छन् । गरिबीका कारण भात खान नपाउनु एउटा पीडा त छँदैथियो सँगसँगै भात खान पाउँदा पनि अलग्गै बसेर खानु जीवनमा अर्को पीडा थियो । संघर्ष त जीवनमा हरेक मान्छेले गर्छ तर हामी कुन तहबाट आयौँ भन्ने कुरा पनि यहाँ महŒवपूर्ण हुँदोरै’छ । म समाजको त्यो तहबाट त्यो पीडा सहेर आज यहाँसम्म आइपुग्दा खुसी लाग्छ ।

कस्तो–कस्तो पीडा भोग्नुपर्याे । ठ्याक्कै घटनाहरु याद छन् ? मेला महोत्सवतिर गीत गाउन गइन्थ्यो । सबैले हाइहाइ गर्थे तर जब साँझ पथ्र्यो, रात बिताउने कुरा हुन्थ्यो अनि समस्या आउँथ्यो । साथीहरु ‘सुत्न त अलि नमिल्ला’ भनिहाल्थे । अर्को, मलाई सानैबाट मुभीमा रुचि थियो । हिरो बन्ने भित्री रहर थियो तर घरमा टिभी थिएन । मेरो घरभन्दा अलि मास्तिर आले परिवारको घरमा टिभी थियो तर हाम्लाई भित्र छिर्न अनुमति थिएन । लगातार डेढ घन्टासम्म ढोकामा उभिएर शरीरबाहिर मुन्टो मात्रै भित्र छिराएर फिल्म हेर्थें । फिल्ममा यति धेरै रुचि थियो कि खुट्टा निदाएको या दुखेको केही मतलब हुँदैनथ्यो । पछि रिक्वेस्ट गरेर झ्यालबाट देखिने ठाउँमा राखिदिन अनुरोध गर्याे । केही समयपछि मसँगै पढ्ने साथीको घरमा टिभी आयो ।

उसले झ्यालबाट देखिने ठाउँमा टिभी राखिदियो । अनि केही समय त्यसरी हेरियो । काठमाडौं आएपछि यो जातले दुःख नदिएको होइन । जातकै कारण तीन ठाउँ डेरा सर्नुपर्याे । सामाखुसीमा नेवारको घरमा बसेका थियौं । मेरी श्रीमती बोहरा हो । घरबेटीले बोहरा क्षेत्री बुझेका रहेछन् । एकदमै पारिवारिक व्यवहार गर्थे । पछि युट्युबमा मेरो इन्टरभ्यू हेरेर म विश्वकर्मा हो भन्ने थाहा पाएपछि व्यवहार परिवर्तन भयो । हामी ग्राउन्ड फ्लोरमा बस्थ्यौँ । मोटरको पानी खोल्देऊ त भन्दा हामी पानी खोल्दिन्थ्यौँ । जब म दलित रहेछु भन्ने घरबेटीलाई थाहा भयो, उहाँले ‘हामी पानी आफैँ खोल्छौँ, तिमरले न खोल है’ भन्न थाले । त्यसपछि हामी त्यहाँबाट स¥यौ ।

अनि यी भोगाइलाई आफ्नो सिर्जनामार्फत् उठाउनुपर्छ भन्ने कहिल्यै लागेन ? मेरो समुदायको विषयमाथि पनि केही सिर्जना गर्ने मन छ । मैले स्क्रिप्ट लेखिरहेको छु । यो विषयमा मलाई धेरै कुरा भन्न मन छ । अलि विस्तृतमा देखाउने मन छ । जातीय भेदभावलाई मैले अलि बलियोसँग प्रस्तुत गर्नुपर्छ भन्ने लागेको छ । फिल्म नै बनाउने चाहना छ । यसअघि युट्युबमा ‘दोहोरी ब्याटल’ भाइरल थियो अहिले

‘बोल माया’ त्यस्तै छ । अहिले प्रकाशको दिन आ’कै हो त ? दिन आ’को भन्दा पनि सिर्जनाहरुलाई रुचाइयो भन्नुपर्ला । दोहोरी ब्याटल ल्याउनुअघि पनि म गीत गाउँथे । लोकदोहोरी सुन्ने दर्शक÷श्रोताले मलाई सुन्थे । तर ब्याटल ल्याएपछि मैले मेरा नयाँ प्रशंसकहरु कमाएँ । ‘बोल माया’ले झन् बढी माया कमाइरहेको छु ।

यी गीतमार्फत् यति धेरै सफलता कमाइएला भन्ने सोचिएको थियो ? थिएन । ‘बोल माया’ यति हिट होला भन्ने सोचेको थिइनँ । बरु ब्याटलबाट नयाँखाले दर्शक÷श्रोता कमाइएला भन्ने आशा थियो । दोहोरी नसुन्ने युवा पुस्ताले पनि मलाई सुन्लान् भन्ने अपेक्षा थियो । त्यसअनुसार भयो पनि । तर ‘बोल माया’ भने लोकगीतका नियमित अडियन्सले सुनिदिनु होला भन्ने आत्मविश्वास त थियो तर त्योभन्दा बढीले हेरिदिनुहुन्छ, ट्रेन्डिङमै आउला भन्ने लागेको थिएन । र, मैले ब्याटल गाउँदा ‘लोक गीत गाउने मान्छेले किन यस्तो गीत गायो होला ?’ भनेर जसले चित्त दुखाएका थिए नि, उनीहरुलाई टार्गेट गरेर मैले यो गीत बनाएको थिएँ ।

दोहोरी ब्याटल लोकदोहोरीको खास मर्मभन्दा बिल्कुल फरक थियो । किन आवश्यक पर्याे ? मेरा उमेर समूहका युवाहरु दोहोरी सुन्दैनन् भन्दा मलाई पीडा हुन्थ्यो । दोहोरी नसुन्ने ती अडियन्सलाई पनि दोहोरीप्रति चासो रखाउनका लागि मैले दोहोरी ब्याटल ल्याएको थिएँ । यसमा केही हदसम्म सफल भएँ पनि ।

दोहोरी ब्याटल गाउँदा माया मात्रै पाउनुभएन, गाली पनि खानुभएको थियो । केही दृश्य सेन्सर गरेर भिडियो रि–अपलोडसम्म गर्नुपर्याे । अहिले ‘बोल माया’ ल्याउनुको कारण ब्याटल गाउँदा खाएको गाली रिकभर गर्न हो ? बरु कामको स्पिडमा इगोले काम गर्ला तर सिर्जना इगोमा जन्मिएला जस्तो मलाई लाग्दैन । बजारमा ब्याटल चलिराको बेलामा, ड्याङडुङ र डान्सिङ नम्बर चलिराको बेलामा मैले यो गीत ल्याउनु खासमा रिस्क थियो । मैले युट्युबको ट्रेन्डिङमा आइरहेको बेला यो गीत हटाएर फेरी रिअप्लोड गर्नुको कारण एउटा सानो दृश्य हटाउन मात्रै थियो ।

जसमा केही अग्रजहरुले गुनासो गर्नुभयो । मैले पनि त्यो एउटा दृश्यले गीत सफलताको जस नपाओस् भनेर फेरि सेन्सर गरेर रिअप्लोड गरे । त्यसपछि पनि हिट भइदियो । तैपनि ब्याटलबाट पाएका केही नेगेटिभ फिडब्याकले मेरो मन घोचिरहेको थियो । जसले गर्दा मैले ‘बोल माया’ अलि चाँडै रिलिज गरेँ । यो गीतको योजना त दोहोरी ब्याटलभन्दा अगाडि नै भएको थियो ।

‘बोल माया’ तपाईंको जीवनसँग नजिक छ भन्ने चर्चा व्यापक छ । कसरी नजिक छ, त्यसको खास कथा भन्दिनु न ! एउटा परदेशीको परदेशमा मृत्यु भएपछि उसको परिवारमा कस्तो असर गर्छ ? एउटा श्रीमतीले उसँग कस्तो सपना साँचेको हुन्छ ? सारमा श्रीमतीले गर्ने बिलौना यो गीतको मूल भाव हो । गीतको दृश्यमा मैले एउटा युवक कसरी विदेश जान बाध्य हुन्छ ? उसका सपना के के हुन्छन् ? ऊप्रति कोको निर्भर हुन्छन् ? उसको जिम्मेवारी के के हुन्छ ? नेपाली समाजको बाध्यता र यथार्थसँग जोडेर त्यसलाई प्रस्तुत गर्ने जमर्को गरेको छु । यो गीतको कुरा भयो । अब यो गीतको भित्री कथाको कुरा गर्दा पहिलो दुई लाइन र धुन त अगाडि नै तयार थियो । त्यसपछिका शब्दहरु मेरा गाउँमा घटेका दुई घटनाबाट प्रभावित हुन् ।

एउटा मेरो फूपुको श्रीमान फूपाजू र अर्को मेरो आफ्नै मिल्ने साथी ज्ञानबहादुर बोहोराको मलेसियामा मृत्यु भएको थियो । उनीहरुलाई गाउँबाट आउँदा यता मैले विदेश पठाउने, श्रम आदि काममा हेल्प गरेको थिएँ । फूपाजूको मृत्युपछि काजक्रिया पूरा नहुँदै गाउँबाट फूपू इन्सुरेन्सको पैसा निकाल्न काठमाडौं आउनुभयो, उहाँले व्यक्त गरेका दुःखले मलाई पिरोल्यो । उहाँले घरी प्रेम, घरी आक्रोश व्यक्त गर्नु हुन्थ्यो । ‘राम्रोसँग दाहसंस्कार पनि गर्न पाइनँ, मलाई त अब पाप लाग्ला’ भनेर कहिले बिलौना गर्नुहुन्थ्यो भने कहिले ‘चाँडो आउनुभन्दा नमानेर आज हाम्रो विजोग भयो’ भन्दै आक्रोश व्यक्त गर्नुहुन्थ्यो ।

यो गीतको भिडियोमा तपाईले नेपालका चल्तीका हिरोइनहरु खेलाउने प्रयास गर्नुभएको थियो तर उनीहरुले इग्नोर गरे भन्ने चर्चा छ नि, खास कुरा के हो ? सही सुुन्नुभयो । मैले चल्तीका हिरोइनहरुलाई पनि अप्रोच गरेको थिएँ । केहीले लोक गीत भनेर खेल्न मान्नुभएन । केहीले लोकेसन टाढा भयो भन्नुभयो । कतिलाई टिममा विश्वास भएन । हिरोइनहरुको नाम भन्न मिल्दैन ? त्यसरी त नभनौँ होला । ऋचा शर्मासँग डिल भएको हो तर उहाँले मागेजति पारिश्रमिक मैले दिन नसकेको हो । एलिसा राइजीले ‘दोहोरी त नगर्ने’ भनेर स्पष्टसँग भन्नुभयो । यस्तै हो ।

यहाँसम्म आइपुग्न के–के संघर्ष गर्नुपर्याे ? बाँच्नका लागि के–के गरेँ गरेँ । मेरो परिवार औसतभन्दा पनि गरिब हो । मेरो बुबाले जीवनको धेरै समय विदेशमै बिताउनुभयो । हामी चारजना दाजुभाइलाई यता आमाले हेर्नुहुन्थ्यो । उता बुबाको कमाइ पुग्दो थिएन, त्यही २०–२५ हजार हुन्थ्यो । म आफैँ विदेश जानुपर्ने बाध्यता थियो । मलाई नेपालमै टिक्नु थियो । यहीँ केही गरेर परिवारलाई पाल्नुथियो । त्यसैले मेरो संघर्ष एसएलसी दिनासाथ सुरु भयो । कहिले फर्निचरमा काम गरँे, कहिले कम्प्युटर सिकाएँ, कहिले एनजिओमा काम गरेँ । यता काठमाडौं आएपछि केही समय त होटलमा हेल्परको काम पनि गरियो । होटलमा भाडा माझ्नेदेखि उठाउनेसम्म सबै काम गरिन्थ्यो ।

प्रकाशलाई कहिलेकाहीँ आफूले छोटो समयमा छिटो चर्चा कमाएको भन्ने लागेको छ कि छैन ? म प्रशस्त समय छ, लामो जिन्दगी छ भन्ने कुरामा विश्वास राख्दिनँ । मलाई अहिले पनि धेरै साथीहरुले ‘त निराशावादी मान्छे होस्, धेरै आत्तिने मान्छे होस्, त छिट्टै डिप्रेसनमा पुग्छस्’ जस्ता कुरा गर्छन् तर त्यसले मलाई छिटो प्रगति गर्न ऊर्जा दिएको छ । आफूले चाहेको कुरा छिटोछिटो हासिल गरिरहेको कुरामा म भाग्यमानी महसुस गर्छु ।

प्रकाश अलि बढी भावुक मान्छे हो ? सेन्टिमेन्टल कुराहरुले अलि बढी छुन्छ मलाई । सोसल इस्युले बढी छुन्छ । कहिलेकाहीँ १२ बजे राति उठेर रोइदिनुहुन्छ रे, हो ? हो । यही गीतको सिर्जनाका क्रममा राति १२–१ बजाको छु । सिनहरु लेख्दै गर्दा म आफैँ रोइराको हुन्थेँ । अनि मेरो श्रीमती उठेर ‘राति १२ बजे कसलाई सम्झेर रोइराको ?’ भनेर प्रश्न गर्थिन् । म आफैँलाई लाज लाग्थ्यो । कस्तो खालको केटा मान्छे होला म भन्ने लाग्थ्यो । मुभीहरु हेर्दा पनि कहिलेकाहीँ लाउड रोइदिराको हुन्छु । बिन्दुले पनि त्यतिबेला पनि अचम्म मान्दै सोधिराकी हुन्थिन् । शुक्रबार साप्ताहिकबाट । पहिलो समाचारको भिडियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार