लोक स्टार पाँचाै पबिन्द्र सुनारको परिवारलाई ऋणले डुबायो

  मूलधारपाेष्ट  805 पटक हेरिएको

बाजुरा । एपीवन टिभिमा सो भइरहेको आएइ लोक स्टारले पबिन्द्र सुनारलाई उत्कृट पाँच सम्म पुयायो । तर पाँचौ चरण पछि उनि उत्कृष्ट चारमा पुग्न सफल भएन् । भोट कम भएकै कारणले उनि बाहिरिए । अहिले उनको परिवार भने निकै रिनमा डुबेको छ । बाजुराको बुढिन्न्दा नगरपालिका वडा नम्बर ७ घर भएका पबिन्द्र हलिया समुदायका हुन् । आफु सँग कुनै सम्पत्ति थिएन् । आएमि लोकस्टार जिताउनलाई रिन धेरै काढियो, तर अहिले छोरा पनि बाहिरियो रिनले डुवाएको पबिन्द्रका बुवा भक्त सुनारले बताएका छन् । भक्तको हलिया परिचय पत्र रहेको छ । सम्पत्तिका नाममा उनको एउटा सानो छाप्रो भन्दा अरु केही छैन् ।

धनगढी अडिसन बाट आएमि लोकस्टारमा प्रबेश भएका पबिन्द्रलाइ उत्कृष्ट ५ सम्म पुयाए पनि परिवार भने रिनमा डुबेको भक्तले वताए । पाँच सम्म पुग्दा सबैको सहयोगले २५ लाख ५० हजार खर्च भएको वताए । जसमा १६ लाख ७० हजार भने साहु बाट सयकडा पाँच रुपैया ब्याजे रिन झिकेको भक्तले वताए । लोकस्टार चरण जित्दै जाँदा भोटिङ्गका लागि लगानी गर्दै गयौ, पैशा नभएर केही हुदैन रहेछ, कला पहिचान भन्दा पनि गरिबलाई डुवाउने काम रहेछ उनले वताए । खासै पैशा के चाहिला भनेर लगानि गर्दै गयौ, अन्तमा अलि खर्च भइसकेपछि केही होला भनेर लगानी गर्दै गयौ, न लोकस्टार जित्यो, खालि दिनदुखि फसाउने काम भएको पबिन्द्रको परिवारले वताएका छन् ।

आएमि लोकस्टारमा बिभिन्न चरण पास हुदै पाँच सम्म पुगे । उनलाई जिताउन बाजुरा लगायत अन्य ठाँउमा चन्दा संकलन पनि गरियो । अन्तमा उनि लोक स्टार बाट बाहिरिए, पैशाको मात्र लोकस्टार रहेको पबिन्द्रका आफन्त टेक सुनारले वताएका छन् । लोकस्टार जित्नेले पचास लाख पाँउने घोषणा गरिएको छ । शुरुका चरणमा मुल्याकंन कर्ताको भएपनि पछिल्लो चरणमा भने भोटको आधार ले छनोट हुदै आएका छन् ।

पबिन्द्र भने रिन लागेपनि आफ्नो पहिचान भएको वताँउछन् । रिन त लाग्यो उत्कृष्ट पाँचमा पर्नु पनि सौभाग्य भएको वताँउछन् । उनले १० लाख बराबरको जिवन बिमा पाएका छन् । पारिबारिक आर्थिक अबस्था कमजोर भएकाले अलि समस्या भएको हो, रिन त सबैलाई लाग्छ, अब कतै काम गरेर भएपनि तिर्ने सोचमा रहेका थिए । उत्कृष्ट आठ भित्र बाजुराका प्रभुराज पाण्डे पनि परेका थिए । उनि सातौमा पुग्न नसकेर बाहिरीएका थिए । पत्रकार पदम सि‌हले बडिमालिका खबरका लागि समाचार लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार