पार’स शा’ह सोनिका रोकायासँग व्यस्त

  पत्रपत्रिकाबाट  360 पटक हेरिएको

यतीबेला पूर्व युवराज पारस शाहको बारेमा विभिन्न संचारमाध्यममा व्यापक चर्चा परिचर्चा भइरहेको छ । मोडल तथा भिजे सोनिका रोकायासँगको बढ्दो निकटताका कारण उनको चर्चा भइरहेको छ । समाजिक संजालमा खासै नदेखिएका पारश शाह अहिले भने सोनिकासँगको साथ पाएपछि भाइरल जस्तै भएका छन् ।

पारश कहिले क्लबमा सोनिकाको टिकटकमा टाउको हल्लाउँदै रमाइरहेको देखिन्छन् त कहिले पोखराका सडकमा राष्ट्रियताको बारेमा बोल्दै सोनिकासँग हार्ले डेभिडसनमा हुइकिएको भिडियो सार्वजनिक हुने गरेको छ । पारश र सोनिकाको जे जस्तो सम्बन्ध भएपनि आफ्नै छोरा र श्रीमतिको जन्मदिनमा समेत सँगै नदेखिएपछि आलोचना भएको छ ।

सोनिकासँगको बढ्दो सामिप्यतासँगै पारशले पारसले घर परिवारबाट आफूलाई झन् टाढा भएका छन् । उनी हिमानी र किर्तिकाको जन्मदिनमा समेत सँगै नदेखिएपछि यो अड्कलबाजि गरिएको छ । असोज १५ गते हिमानीको जन्मदिनमा समेत पारशसँगै देखिएका थिएनन् । किर्तिकाले अनाथ बालबालिकासँग जन्मदिन मनाइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार