नेपाल प्रहरी प्रति आशंका बढदा्े

 376 पटक हेरिएको

काठमाडौं । नेपाल प्रहरी पछिल्ला दिनहरुमा अनेक कारणले बद्नाम हुँदै आइरहेको छ । निर्मला पन्त प्रकरण देखि पछि प्रहरीमाथि जनताले भरोसा गर्न गाह्रो मानिरहेका छन् । प्रहरी एक वर्ष बितिसक्दा पनि पन्तको परिवारलाई न्याय दिने कुरामा चुकेको छ । अहिले पनि यो घटना अनुसन्धानमा रहेको छ । यो एक प्रतिनिधि घटना मात्रै हो, यसपछि र पहिले पनि धेरै घटनाहरु भए जुन निष्कर्षमा पुग्न सकेनन् । नेपालमा सानालाई ऐन ठुलालाई चैन भन्ने कुरा लामो समय देखि भनिदैं आएको भए पनि अहिले केही ठुला घटनाहरु पनि बाहिर आइरहेका छन् । यो बीचमा अहिले बाहिर आएको खबर अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले एक युवालाई विनाकारण थुनेको खबर बाहिर आएको छ । एकजना राजन केसी नाम भएका युवालाई प्रहरीले विनाकारण नियन्त्रणमा लिएको परिवारले आरोप लगाएको छ । स्कुटरमा सवार उनलाई रोकेर अनुमति पत्र (लाइसेन्स) देखाउन भनेको प्रहरीले एक मात्रै प्वाल परेको रहेछ भन्दै खिल्ली उडाएको थियो । उनले आफ्ना अन्य कागजातहरु पनि देखाएका थिए । आफुलाई जिस्काएको देखेपछि केसीले पनि एक प्रहरी अधिकारीलाई एक मात्रै फुली रहेछ भन्दै जवाफ फर्काएका थिए । यो भन्दा धेरै गल्ती राजनको नरेहेको उनकी श्रीमती स्वस्तिका केसीले जानकारी दिइन् । उनले प्रहरीले आफ्नो शक्तिको गलत्त प्रयोग गरेर हतकडी लगाएको आरोप लगाइन् । यता हामीले कास्की प्रहरीलाई यस विषयमा सोध्दा यस बारेमा जानकारी नभएको र अनुसन्धानका लागि ल्याएको हुनसक्ने जवाफ फर्काएको छ । केसीका आफन्तले विना कुनै कारण नियन्त्रणमा लिएको भन्दै तत्काल रिहा गरेर दोषिमाथि कारबाही हुनुपर्ने माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार