एकाएक पूर्व युवराज पारस सोनिकालाइ लिएर कहाँ सुइकिए भिडियो सहित

  मूलधारपाेष्ट  561 पटक हेरिएको

यतीबेला पूर्व यूवराज पारस शाह र युट्युवर सोनिका रोकाको भिडियो सामाजिक निकै सञ्जालमा भाइरले बनेको छ । भिडियोमा पारसले आफ्ना शुभेच्छुकलाई कसैले पनि आफूर्लाइ राजावादी नभन्न भन्दै सबै जना नेपाली भएको बताएका छन् । ‘यो वादी उ वादी भनेर छुट्याउने हैन अव सबै नेपाली हो’ मोटरसाइकलमा हेलमेट लगाएर बसिरहेका पारसले भनेका छन् । त्यसपछि उनको बाइकमा एउटा केटी बस्छिन् । उनलाई लिएर मोटसाइकल हुइकिन्छ । मोटरसाइकलको पछाडि बस्ने केटी उनै युटुबर सोनिका राेका हुन् ।

अ*श्लील संवादका भिडियो बनाएर चर्चामा आएकी सोनिका पछिल्लो समय पूर्व युवराज पारससित बारम्बार देखिन थालेकी छन् । केही समय अघि पनि पारस शाहसँग भएको उनको टिकटक भिडियो सार्वजनिक भएको थियो । तीन छोराछोरीका बुवा पारसको लामो समयदेखि पत्नी हिमानीसँग सम्वन्ध राम्रो छैन । बैंककमा बस्दा उनी एक थाई युवतीसँग प्रेममा थिए । नेपाल फर्किएपछि पनि उनी सुध्रिएको लक्षण देखिँदैन । पछिल्लो समय सोनिकासँग पारसको निकटतालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । कतिपयले उनीहरु प्रेममा परेको अड्कल पनि काटेका छन् ।

त्यसो त सोनिकासँग पारसको मित्रता मात्रै पनि हुन सक्छ । क्लवमा सँग बस्दा वा वाइकमा सँगै हिँड्दा त्यो प्रेम प्रमाणित हुँदैन । फेरि सोनिका जसरी हुन्छ चर्चामा आउन चाहने युवती हुन् । उनले चर्चाकै लागि पारसलाई अस्त्र बनाउन खोजेको पनि हुन सक्छ । भिडियोमा धेरैले पूर्वयुवराज जस्तो व्यक्तिले एउटी उछृङ्खल युवतीसँग यसरी नारिएर हिँड्नु शोभनीय नदेखिएको टिप्पणी गरेका छन् । कतिले चाहिँ ‘देख्यौ त तिमीहरुका राजारानी ?’ राजावादीहरुलाई व्यंग्य पनि गरेका छन् । भाइरल भिडियो पोखराको भए पनि कहाँनेरको र कहिले खिचिएको हो भन्ने चै खुलेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार