४१ किलोमिटर सडकमा एक हजार पाँच सय भाडा

  मूलधारपाेष्ट  232 पटक हेरिएको

बाजुरा । मार्तडी कोल्टी सडक खण्डमा यात्रुहरु खुलेआम ठगिने गरेका छन् । जिप व्यवसायीले कच्ची सडक भन्दै निर्धारण गरिएको भन्दा दोब्बरले भाडा असुल गर्ने गरेका छन् । यात्रुहरुले मार्तडीदेखि कोल्टीसम्म १५ सय तिर्न बाध्य छन् । ८ सय तिर्नु पर्ने जिल्ला प्रशासन कार्यालयमा गरिएको निर्णयको व्यवसायीहरुले बेवास्ता गर्नेगरेका छन् । मार्तडी देखी कोल्टी सम्म ४३ किलोमिटर सडकमा एक हजार पाँच सय भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

मार्तडी कोल्टी चल्ने सवारी ब्यबासायीले यात्रुबाट जिल्ला प्रशासनले तोकिएका भन्दा बढी भाडा असुलेको बुढिनन्दा नगरपालिका १ का लक्ष्मण जोशीले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराको २०७४ मा मार्तडी देखी कोल्टीसम्मको सात सय भाडादर कायम तोकीएको भए पनी जीप ब्यबासायीले दोब्बर भाडा लिने गरेको जोशीको भनाइ रहेको छ ।  घर जाने हतारो भएका बेला एक हजार दिन तयार भएपनी नमानेरै एक हजार पाचँ सय भाडा तिरेको जोशीले बताए । चाडपर्वको मौका छोपेर मापदण्ड विपरीत यात्रुबाट दोब्बर भाडा असुली गर्दा यस क्षेत्रमा आवात जावत गर्ने यात्रु मर्कामा परेका छन ।

मार्तडी देखी कोल्टी सम्म भाडा रु ७ सय कायम गरिए पनि यात्रुबाट दोब्बोर भाडा असुली गरेको स्वामिकार्तिक गाउँपालिका एक स्थानीयले बताएका छन् । दशैँ तिहारको बेला यात्रुको संख्या बढ्ने भएकाले यहाँको हुम्ला, मुगु, र बाजुरा जिल्लाको ४ स्थानीय तहका यात्रुबाट बढी भाडा लिने गरिएको नागरिक अगुवा महेश शाहीले बताएका छन् । केही दिनअघि मात्र दशैँ मनाउन घर जाने बेला आफैबाट १ हजार ५ सय भाडा असुली गरेको नागरिक अगुवा शाहीले बताएका छन् । ४१ किलोमिट कच्ची सडक भएकै कारण जिल्ला प्रशासन कार्यालयले ब्यबासायीको मर्का बुझेरै भाडादर कायम गरिएको भए पनी ब्यबासायीले मनोमानी गर्दै आएका छन् ।

दिनहुँ ३० भन्दा बढी जीपहरु मार्तडी कोल्टी सडकखण्डमा ओहर दोहर गर्ने यो सडक खण्डमा सयौँ यात्रुहरू दिन प्रतिदिन ठगिँदै आएका छन् । बाटो खराव र हिलाम्मे भएको र गाडी बिग्रिने भएकोले बढि भाडा लिनुपरेको स्वामिकार्ति यातायात ब्यवासायी सघं बाजुराका काउन्टर इन्चार्ज हिक्मत रोकायाले बताएका छन् । पछिल्लो समय दशै तिहार मनाउन आएका जिल्ला बाहिरबाट आउने नयाँ यात्रु बढी ठगिने गरेका नागरिक अगुवा शाहीले बताएका छन् । यात्रु ठगिँदा समेत सम्बन्धित निकायले यसतर्फ कुनै ध्यान नदिएको नागरिक समाजको आरोप रहेको बडिमालिका खबरमा समाचार लेखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार