माछापालनले ल्यायो साउँदको जीवनमा खुसी

  मूलधारपाेष्ट  280 पटक हेरिएको

बाजुरा । मिठो खाने र राम्रो लुगा लगाउँने अनी घरपरिवारलाई पनि सुःखका साथ राख्ने बिचारका साथ भारतमा लागेका ४५ वर्षीय गोरे साउँद केही वर्ष सम्म भारतमै मजदुरी गर्नुहुन्थ्यो । मजदुरी गरेभने राम्रो कमाइ गर्न सकिन्छ भन्ने उद्देश्य राखेर भारतमा गएका साउँद लामो समय भारतमै बस्नुभयो । तर उहाँले गाउँबाट जे सोच गरेर भारतमा मजदुरी गर्न जानु भएको थियो त्यो कुरा त्याहाँ सम्भव नभएपछि उहाँ फेरी घरमा नै फर्कनु भयो । लामो समय सम्म भारतमा बस्दै मजदुरी गरेर पनि उनको राम्रो कमाइ नभएपछि उहाँ घरमा आएर केही वर्ष गाउँमा सानो व्यापार व्यवसाय पनि गर्न थाल्नुभयो ।

साउँदको यो व्यवसायले पनि घरपरिवारलाई चलाउन मुस्किल्नैै भयो । गाउँमा लगाउँदै आएको खेतीपातीले पनि उहाँ घरपरिवारमा गुजारा चल्दैन थियो । घरमा आफ्नो छोरा छोरी बढ्दै गएको र घरपरिवार पनि बिचल्ली हुँदै गएको कुरा बल्ल उनको चेतनामा परिवर्तन आएपछि उनले केही गरेर खानु पर्छ भन्ने सोच राखेर गाउँ नजिकै रहेको आलीपाटामा माछापोखरी बनाएर माछापालन सुरु गर्न थाल्नुभयो ।

यसरी गाउँमै उनले माछापालन सुरु गरेपछि अहिले उहाँको आर्थिक सँगै जीवनमा पनि निकै सुधार साउँदको भनाइ छ । उहाँले भन्नु भयो,मैले माछापालन सुरु गर्न थालेपछि मेरो जीवनमा निकै सुधार भएको छ । घर परिवारले पनि सुःखका साथ रमाउन थालेका छन् । यो भन्दा पहिला घरपारिवारमा निकै समस्यामा थियो । मेरो कमाइ नहुँदा घरपरिवार पनि म देखर रिसाउँने गथ्र्ये । घरमा खान पनि पुग्दैनथ्यो ।

अहिले मेरो चेतनामा परिवर्तन आएपछि मैले माछापालन सुरु गर्न थाने वित्तिकै दिनमै दुइ चार हजार रुपिँया बचत गर्न थालेको छु साउँदले भन्नु भयो । माछापालन गर्दाको कमैबाट नै घरमा छोरा छोरीको लुगा कपडाका साथै कापी किताव किन्नमा पनि सहज भएको छ साउँदले बताउनु भयो । साउँदले भन्नु भयो, मैले यो माछापालन सँगै बंगुर पालन गर्ने पनि योजना बनाएको छु । माछापालन सुरु गर्न थालेपछि उहाँले अहिले वर्षको एक लाख रुपिँया बचत गर्दै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार