पत्रकार महासंघ अध्यक्ष सिंहले असाहय परिवारलाइ दिए खाद्यन्न

  मूलधारपोष्ट  367 पटक हेरिएको

बाजुरा । बडिमालिका नगरपालिका ३ रजाली बस्ने सुना सार्कीको परिवारलाई खाद्यन्न हस्तान्तरण गरिएको छ । श्रीमानको मृत्यु पछि ३ छोरा छोरी सहित ४ जनाको परिवार बिच्चलीमा रहेको भन्दै पत्रकार महासंघ बाजुराका अध्यक्ष तथा सामाजिक अभियान्ता प्रकाश सिंहले सुनाको परिवारलाई चामल, दाल, तेल सहयोग गरेका छन् । दशै तिहारमा केही दिन सहज रुपमा छाक टार्न सहज होस भन्ने उद्देश्य थोरै भएपनि खाद्यन्न हस्तान्तरण गरेको सिंहले वताएका छन् ।

सुनाका श्रीमानको लाल बहादुर सार्कीको ८ बर्ष पहिला मृत्यु भएपछि उनि सदरमुकाम मार्तडीमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका छन् । सुनाको परिवारलाइ खाद्यन्न नेकपा जिल्ला कमिटि सदस्य तथा कार्यलय सचिब काशि बिक र उद्योग बाणिज्य संघ बाजुराका सदस्य हंश बहादुर सिहं मार्फत हस्तान्तरण गरिएको थियो । गाँउमा परिवार पाल्न समस्या भएपछि सुना बच्चा सहित सदरमुकाम मार्तडीमा पुगेकि हुन् । उनि ज्याला मजदुरी गर्दै आएकि थिईन् ।

नन्दा कि छोरी गिता सार्की कक्षा ८ मा अध्यनरत छन् । त्यस्तै ममिता सार्की कक्षा ५ र उनका छोरा बिरेन्द्र सार्की कक्षा ६ मा अध्यनरत रहेका छन् । आर्थिक अबस्था निकै कमजोर भएकाले परिवार पाल्न निकै धौ धौ भएको उनले वताएकि छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार