गौमुलमा ७५ जना नेकपाका सदस्यले खाए सपथ

  मूलधारपोष्ट  450 पटक हेरिएको

रमित वि.क, बाजुरा । नेपाल कम्यूनिष्ट पार्टी नेकपाले स्थानीय तहका गाउँ तथा नगर कमिटीको सपथ ग्रहणलाई तिब्रता दिएको छ । पार्टी प्रदेश कमिटीले संगठन विस्तारको टुंगो लगाएसँगै स्थानीय तहमा गाउँ तथा नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सथप ग्रहण गराउने कार्य तिब्र गतिमा अघि बढीरहेको छ । दशै तिहारको अवसरमा शुभकामना आदान प्रदानसँगै आयोजित कार्यक्रममा गौमुल गाउँ गाउँपालिकाका ७५ जना कमिटी सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।

गाउँ कमिटीको आयोजनामा सञ्चालन भएको कार्यक्रममा पार्टी जिल्ला सचिव भरत बुढाले सपथ ग्रहण गराउनुभएको हो । गाउँपालिकाको केन्द्र रहेको घट्मुनामा आयोजित कार्यक्रममा पार्टी गाउँ कमिटीका सबैलाई एक साथ राखेर सपथ ग्रहण सहित जिम्मेवारी बारे जानकारी गराईएको हो । गाउँकमिटी अध्यक्ष देब बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा जिल्ला कमिटी बाजुराका सचिव भरत बुढा रहनु भएको थियो ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य एवंम गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकाया,नेताहरु तुल्सीराम रोकाया,सिता थापा,बिरेन्द्र रोकाया,कलक बहादुर सिंह,नरेश कुमार रोकाया,गोरख बोहरा, जानकी रोकाया सहितका नेताहरुले संवोधन गरेका थिए । कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिव भरत बुढाले जनुखि र नतिजामुखी भएर काम गर्ने निर्देशन दिनुभएको छ । हिजो एउटै ठाउँमा भएका कम्यूनिष्ट पार्टी बीचमा अलक भई पुनः एकै ठाउँमा आएको बताउँदै गरिव जनताका हितका निम्ति आन्दोलन गदैं पार्टी समेत नेकपा भएको बताउनुभएको छ ।
फरक प्रसंगमा बुढाले अब देशमा कम्यूनिष्ट नयाँ तरिकाका साथ अघि बढेकोमा जोड दिदैं अब प्रतिक्रीवादी शतिm कम्यूनिष्ट सिध्याउने चलखेलमा लागेकोले सचेँत भएर नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा जिल्ला कमिटी सदस्य एवंम गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले विकासको अगुवाई गरेर नेकपालाई जनताको पार्टीका रुपमा स्थापित गर्न आग्रह गर्नुभएको छ । पार्टीको निति सिदान्तलाई आत्मसाथ गदैं काम गर्ने आग्रह गदैं कम्यूनिष्ट नाम मात्रको एकता नभई मन भिबका गलत कुरा सबै पुराना तुसहरु बिर्सेर नयाँ काम र भावनात्मक ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

गाउँपालिकाले लिएका नितिहरुलाई गाउँ सम्म लिएर हालका गाउँकमिटीका पदाअधिकारीहरुले नयाँ प्रकारका विचार र निर्णय लिएर स्थानीय सरकारलाई निर्देशन गर्ने आग्रह गदैं रोकायाले आफु लगायतका जनप्रतिनिधिहरुबाट बनेको गौमुल सरकार र पार्टी एक भएर अघि बढ्नुपर्ने र सरकार सञ्चालन हुनुपर्ने समय आएको बताउनुभएको छ ।

गौमुल गाउँपालिका भित्र युग सम्म सम्झन लायका कामहरु गर्ने सबैले साथ सहयोग दिन आग्रह गदैं गलत आचरणहरुलाई सुधादैं व्यतिm प्रधान नभई पार्टी संगठनलाई प्रधान मान्नुपर्नेमा जोड दिनुभयो । गाउँकमिटी सचिव लोकेन्द्र रोकाया र बिद्यार्थी नेता राजिव रोकायाले सञ्चालन गरेको कार्यक्रममा कमिटीमा निर्वाचित सदस्य सहित अन्य नेता तथा अगुवा कार्यकर्ताको भव्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार