फेरी आयो नेपाल टेलिकमबाट खुसीको खबर !

  मूलधार सम्वादाता  402 पटक हेरिएको

काठमाडाैं-  दशै दिपावलीमा बोनस सेवा सकिएको एक महिनामै फेरी नेपाल टेलिकमले जाडो महिनाका लागि ग्राहकका लागि बोनस सहितको विशेष प्याकेज सार्वजनिक गरेको छ ।

नेपाल टेलिकमले विन्टर All Time DATA Pack  अन्तरगत १२ रुपैयाँमा ३ दिनको लागि २५ MB र २५ MB वोनस DATA Pack  उपहार दिने जनाएको छ । , यस्तै ६० रुपैयाँमा १ सय ५० एमबी र बोनस स्वरुप १ सय ५० एमबी नै डाटा दिने भएको छ ।

यस्तै टेलिकममले १ सय २० रुपैयाँमा ५ सय एमबी र बोनस ५ सय एमबी गरी १ हजार एमबी डाटा दिने भएको छ । यस्तै सस्तो मुल्यमा रात्रीकालीन डाटा प्याकेज अन्तरगत १२ रुपैयाँमा १ सय २० एमबी, ६० रुपैयाँमा ७ सय एमबी र १ सय २० रुपैयाँमा १६ सय एमबी डाटा पाइने टेलिकमले जनाएको छ ।

यस्तै फेसबुक र ट्वीटर मात्रै प्रयोग गर्नको लागि पनि नेपाल टेलिकमले सस्तो अफर ल्याएको छ । एसएमएस सेवामा पनि १० रुपैयाँमा १ सय एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । यो योजना पुस ७ गते देखि माघ २१ गतेसम्म लागु हुने टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार