प्रहरीलाइ १०० नम्बरमा गाली गर्ने नविन प्र’काउ

  मूलधारपाेष्ट  320 पटक हेरिएको

बाजुरा । जिल्ला प्रहरी कार्यालय बाजुराको सोधपुज कक्षको इमरजेन्सी १०० नम्बरमा फोन गरेर गालि गलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको १०० नम्वरमा फोन गरि गालि गलोज गरेको आरोपमा खप्तड छेडेदह गाउँपालिका वडा नम्मर ७ आटीचौरका २० वर्षिया नबिन रावतलाई पक्राउ गरेको हो ।

असोज २० गतेका दिन रावतले प्रहरीको इमरजेन्सी १०० नम्बरमा फोन गरेर प्रहरीलाई गालि गलोज गरेकोले शनिबार मात्र उनकै घरमा बसीरहेको वेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । निजलाई गालीगलौच सम्बन्धी ऐन अनुसार कानुनी कारवाही गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यस अघीपनी यस्ता केसहरु आइरहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार