सी चिनफिङलाई ‘गार्ड अफ अनर’ प्रदान

  मूलधारपाेष्ट  231 पटक हेरिएको

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । शनिवार अराह्न सवा ४ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेका चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमा नै सम्मान स्वरुप ‘गार्ड अफ अनर’ प्रदान गरिएको हो ।

सीलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । ‘गार्ड अफ अनर’ को कार्यक्रम सकिएसँगै सी होटल सोल्टी जाने कार्यक्रम रहेको छ ।

सीको स्वागतका लागि सडकको दायाँबायाँ मानिसहरु लामबद्ध भएका छन् । विभिन्न झाँकी, सांस्कृति झल्काउने विभिन्न समूह लामबद्ध भएका छन् । यसका साथै सरकारी कर्मचारीहरु पनि लामबद्ध भएका छन् ।

यस्तो छ चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका ।
शनिबार-अपराह्न ४:३० बजे – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण, साँझ ६:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता,कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता, साँझ ७ः३० बजे राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सीको सम्मानमा रात्रिभोजको आयोजना

आइतबार-बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग भेटवार्ता । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र राष्ट्रपति सी नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता र समझदारी पत्रमा हस्ताक्षर । दिउँसो १२ः३० बजे स्वदेश फिर्ता ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार