चिनियाँ राष्ट्रपति सी जीङफिन काठमाडौं आइपुगे LIVE Video सहित

  मूलधारपाेष्ट  210 पटक हेरिएको

चिनियाँ राष्ट्रपति सी जीङफिन दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन । एयर चाइनाको विशेष विमानमार्फत सी शनिबार दिउँसो सवा चार बजे काठमाडौं आइपुगेका हुन ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी , प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च पदस्थ व्यक्तित्व विमानस्थल भव्य स्वागत गरेका छन । उनको स्वागतका लागि स्थानिय कला संस्कृतिबाट पहिरन सहितका विभिन्न जातिय झाँकीहरु समेत विमानस्थल पुगेका थिए ।

सीको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । २३ वर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपालमा औपचारिक भ्रमण भएको हो ।

रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सीलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यस्तै सीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु विमानस्थल पुगेका थिए । राष्ट्रपति सी भारतको चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली समयाअनुसार २ः०३ मिनेटमा नेपाल प्रस्थान गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार