बाजुरामा सुत्केरी आमाको मृत्यु

  मूलधार सम्वादाता  800 पटक हेरिएको

बाजुरा-  अस्पताल नलग्दा एक सुत्केरीको मृत्यु भएको छ । बाजुराको स्वामिकार्तिक गाउँपालिका वडा न ५ मा बिहीबार ४४ बर्षीय शिवु महताराको मृत्यु भएको छ ।

उनको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको स्वास्थ्यकर्मी भक्त कैलाले मूलधार पोष्टलाई जानकारी जानकारी दिनुभएको हो  ।

उनका ४ छोरी र एक छोरा रहेका छन् । बिहिबार १० बजे घरमै बच्चा पाएकी आमाको रक्तश्राप नरोकीएर मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराका रमेश कुवंरले जानकारी दिए ।

छैंटौं सन्तानको रुपमा जन्मिएका नवजात शिसु जीवीत छन् । जिल्लामा सुत्केरी महिलाको मृत्यु बारम्बार हुने गरेको छ ।

यस्तो छ मृत्युको कारण ?

स्वामिकर्तिक को वडा न -५ मा आज एउटा आमा को घरमै सुत्केरी पश्चात् अत्याधिक रक्तस्राव का कारण मृत्यु भन्ने कुरा ले दु:खद र स्तब्ध बनायेको छ ।

५ वटा छोरा छोरी को आमा करिब बिहान १० बजे तिर बच्चा जनमाये पश्चात् अत्यधिक रक्तस्राव का कारण करिब दिउँसो ४:३० बजे मृत्यु भएको छ। बर्थिङ सेन्टर भन्दा ५-६ घन्टा टाढा रहेको उक्त क्षेत्र बाट दिउँसो ४:१५ तिर स्वामिकार्तिक गा पा का स्वास्थ सन्योजक भक्त कैला लाई उपचार का लागि फोन आएको र उक्त फोन पश्चात् आवश्यक सामाग्री तयार पारेर जाने क्रम मा खबर गरेर बोलाएको १५-२० मिनेट पछी फेरि फोन गरेर भयो नआउनुस आमा को मृत्यु भैसक्यो भन्ने खबर आयो।

उक्त गाउँ मा वाइ स्वास्थ संस्था ले महिना को एकचोटी गाउँ घर क्लिनिक सन्चालन गर्दछ। र उक्त महिला ले नियमित गर्भवती जान्च गरेको र सुत्केरी हुन स्वास्थ संस्था मा आउनु भनेर परामर्श गरेको थियो। यदि त्यो सुत्केरी सन्स्थागत भयेको भये आमा को ज्यान बचाउन सकिन्थ्यो । अस्ति भर्खरै त्यो क्षेत्र को जोखिमता अध्ययन र अनुगमन गरेर सामुदायिक स्वास्थ्य एकाइ को माग को लागि आवश्यक काग्जात स्वास्थ सेवा बिभाग मा पठाएका थियौं । यदि थप जानकारी लिन परेमा सम्पर्क नं : मा ९७४९१२१७५७ सम्पर्क गर्नु हुन अनुरोध समेत गरेको छ । सूचना श्रोत : सिङ महतारा, उक्त क्षेत्र का वडा सदस्य )

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार