
विश्व शक्ति राष्ट्रको रुपमा उदायमान चिनियाँ राष्ट्रपति सि जिनफिङ दुई दिने नेपाल भ्रमणका लागि आज (शनिबार) काठमाडौं आउँदै छन । २३ वर्ष पछि चिनियाँ राष्ट्रपति सि पहिलो पटक राष्ट्रप्रमुखको हैसियतमा नेपालको भ्रमणमा आउन लागेका हुन। राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका सि दुई दिने नेपाल भ्रमण गर्ने कार्यतालिका रहेको छ ।
सी जिन पिङ आउने र जाने समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ । उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ । भीभीआईपी मुभमेन्टका लागि आज र भोलि विमान अवतरण तथा उडान केही समयका लागि स्थगित गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सूचना जारी गरि जनाएको छ। आज अपराह्न १४:५५ देखि १७:५५ बजेसम्मका उडान प्रभावित हुने छन् ।
शनिबार उडान तथा अवतरण स्थगित हुँदा ३३ वटा उडान तालिका परिवर्तन हुने भएका छन् । उडान तालिका प्रभावित हुने एयरलाइन्समा नेपाल एयरलाइन्सदेखि एयर अरेवियासम्म छन् । विमानस्थलका अनुसार, तालिका परिवर्तन भएका विमानहरूलाई अन्य समयमा मिलाएर उडाइने छ । सीको स्वागतका लागि विमानस्थलदेखि उनी बस्ने सोल्टी होटलसम्मको बाटो सिंगारेर झकिझकाउ बनाइएको छ ।
राष्ट्रपति सीले नेपाल भ्रमणको पहिलो दिन शनिबार साँझ साढे ६ बजे समकक्षी विद्यादेवी भण्डारीसँग राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गर्ने कार्यक्रम छ ।सिको भ्रमणले नेपालले महत्वपूर्णए उपलब्धी हासिल गर्ने विज्ञहरुले बताएका छन । यस्ताे छ विमानस्थलद्वारा जारी विज्ञप्ती ।