सुदूरका विषय परेनन् चिनियाँ राष्ट्रपति सीसँगको छलफलमा

  मूलधारपाेष्ट  188 पटक हेरिएको

चिनियाँ राष्ट्रिपति सी जीङ पिङ आज दिउसाे ४ बजेपछि नेपाल भ्रमणमा आउँदैहुनुहुन्छ । चिनियाँ राष्ट्रिपति सीको भ्रमणको बेला महत्वपूर्ण विषयमा हस्ताक्षर तथा छलफल हुने बताइएको छ । तर, यता सुदूरपश्चिमको समृद्धिसँग प्रत्यक्ष जोडिएको चीनसँगका नाकाहरुका विषयमा भने छलफल नहुने भएको छ ।

सरकारले राष्ट्रिपति सी सँगको भेटका लागि तय गरेको कार्यक्रममा चैनपुर ताक्लाकोट नाका र दार्चुलाको तिङ्कर नाकाको विषयमा भने छलफल नहुने भएको हो । यदि चैनपुर ताक्लाकोट नाका खुल्न सकेमा भारतबाट मानसरोवर जाने छोटो बाटोकोको रुपमा प्रयोग गर्न सकिन्छ ।

यो नाका सरकारको प्रमुख प्राथमिकतामा पर्नुपर्ने भएपनि यस क्षेत्रका नेताको कमजोरीका कारण पछाडी परेको पत्रकार महासंघ बझाङका अध्यक्ष जगदिश रोकायाको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार