समाजवादी पार्टीकी नेतृ सु’निता प’क्राउ

  मूलधारपोष्ट  168 पटक हेरिएको

काठमाडाैं । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीकी नेतृ सुनिता साहलाई प्रहरीले पक्राउ गरेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा विरोध प्रदर्शन गर्ने आशंकामा उनलाई पक्राउ गरिएको हो । तर सप्तरीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईँले फरार अभियुक्त रहेकाले उनलाई पक्राउ गरेको दावी गरे ।

यसअघि चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमण आएको बेला प्रदर्शन गर्दा उनीसहित १० जना पक्राउ परेको थियो । उनीहरुलाई त्यही दिनअघि तारेखमा रिहा गरेको थियो । राष्ट्रपति सीको भ्रमणमा पुनः प्रदर्शन गर्न सक्ने आशंकामा कमलपोखरी प्रहरी वृतको आदेशमा जिल्ला प्रहरी कार्यालयले साहलाई नीजको निवासबाट शुक्रबार प्रकाउ गरिएको हो ।

महनागरीय प्रहरी वृत कमलपोखरीले नेतृ साहलाई पक्राउ गर्न निर्देशन दिए अनुसार नै उनलाई पक्राउ गरिएको एसपी प्रसाँईले बताए । अभद्र व्यवहार गरेको आरोपमाउनी विरुद्ध कमलपोखरी प्रहरी वृतमा मुद्दा दर्ता गराएको थियो । सोही मुद्दा उनलाई पक्राउ गर्न पुर्जी जारी भएपछि पक्राउ गरिएको हो ।

उनलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । आइतवार वा सोमवार काठमाडौं पठाउने एसपी प्रसाईले बताए । नेतृ साह समाजवादी पार्टीको प्रदेश २ को कार्यसमितिका सदस्य हुन् । उनले आफ्ना फेसबुकमार्फत पनि चिनियाँ राष्ट्रपति सीको भ्रमणको विरोध गरेकी छन् । तीन घण्टाअघि विभिन्न न्युज सेयर गर्दै भ्रमणको विरोध गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार