नेपाल बंगलादेशसँग २–१ ले पराजित

  मूलधारपोष्ट  221 पटक हेरिएको

काठमाडाैं । दक्षिण एसियाली खेलकुद अन्तर्गत साफ १५ वर्षमुनिको महिला च्याम्पिनयनसिपको आजको खेलमा नेपाल बंगलादेशसँग २–१ ले पराजित भएको छ । भुटानको थिम्पुमा जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो पराजय हो । आजको खेलमा नेपाल पहिलो हाफमै २–० ले पछि परेको थियो । बंगलादेशका लागि सहेदा अख्तरले पहिलो हाफमै गोल गर्नुभयो । उहाँले खेलको १२ मिनेटमै गोल गर्दै बंगलादेशलाई अग्रता दिलाउनुभएको थियो ।

खेलको २५ औं मिनेटमा पेनाल्टीमार्फत कप्तान संसुनहरले गोल गर्दा बंगलादेशले पहिलो हाफमै २–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा नेपालले खेल सुधार्दै पटकपटक आक्रमणको प्रयास गरेको थियो । खेलको ६४ औं मिनेटमा अमिसा कार्कीले गोल गर्दै नेपाललाई खेलमा फर्काउन खोजे पनि नेपालले दोस्रो गोल थप्न नसक्दा बंगलादेशसँग पराजित हुन पुग्यो । नेपाल यसअघिको खेलमा भारतसँग ४–१ को गोल अन्तरले पराजित भएको थियो ।

त्यस्तै सिंगापुर र ओमान टुरबाट मिश्रित नतिजा लिएर नेपाली क्रिकेट टोली आज स्वदेश फर्किएको छ । दुई टुरमा नेपालले खेलेका सात खेलमा ३ जित निकाल्यो भने चार वटा हार व्यर्होरेको छ । सिंगापुरमा त्रिकोणात्मक र ओमानमा पाँच देशीय सिरिज खेलेर नेपाल फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कप्तान पारस खड्काले नेपाली क्रिकेट ब्याटिङको ठुलो दुस्मनी जस्तो देखिएको प्रतिक्रिया दिनुभयो ।

पाँच देशीय सिरिजमा ओमान बाहेक अन्य देशसंग नेपालले उत्कृष्ट प्रर्दशन गरेको कप्तान पारसको दाबी थियो । ब्याटिङ समस्याले गर्दा सिंगापुर र ओमानमा आशा गरिए जस्तो प्रर्दशन गर्न नसकिएको स्वीकार गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार