प्रह’रीको इमो’शनल ब्ल्याकमेल’पछि उ’जुरी दिएको रो’शनीको खु’लासा

  पत्रपत्रिकाबाट  390 पटक हेरिएको

निव’र्तमान स’भामुख कृ’ष्ण’बहादुर मह’रावि’रुद्ध जब’रज’स्ती क’रणी प्र’यासको आरोप ल’गाएकी पी’डित महि’लाले प्रहरीले आफूलाई ‘इमो’शनल ब्ल्या’कमेल’ गरी उजुरी दिन बाध्य पारेको बताएकी छन् । १२ असोजमा महराले तीनकुनेस्थित आफ्नै कोठामा पुगेर जबरजस्ती करणी गरेको भन्ने आ’रोप’सहितको स्थलगत भि’डियो अन्’तर्वार्ता १३ असोजमा एक अन’लाइन’मार्फत सार्वज’निक भएको थियो । आरोपित महराले १५ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए । त्यसबीचमा आफूले सञ्चारमाध्यममा बोलेजस्तो केही नभएको भन्दै बोली फेरेकी उनले १७ असोजमा भने म’हरा’द्वारा जबरजस्ती कर’णीको प्रयास भएको भन्दै प्र’हरी’समक्ष जाहेरी दिएकी थिइन् ।

जाहेरीकै आधारमा प्र’हरीले मह’रालाई पक्राउ गरेको थियो । ‘प्र’हरीले गोप’नीयता भंग गर्‍यो’१५ असो’जमा एक हुल प्रह’री कोठामा आए । म ए’क्लै थिएँ । कुराकानीका क्रममा मलाई निवेदन लेख्न भने । एउटा खेस्रा पनि बनाइदिए । १७ गते बिहान त्यो निवेदन भएन अर्कै लेख्नुपर्‍यो भने । म बाहिर निस्किनै लागेकी थिएँ । तर, प्रहरीले ‘डीएसपी साबले केही कुरा गर्न बोलाउनु भएको छ’ भने । होला भन्ठानेर हामी (म र श्रीमान्) गयौं । प्रहरीकोमा पुगेपछि एकजना महिला प्रहरीले मलाई एक्लै राखेर काउन्सिलिङ गर्न थाल्नुभयो । उनीसँग अर्का पुरुष पनि थिए । खाजा पनि खुवाए । परिवारको सदस्यजस्तै कुराकानी भयो । त्यसपछि निवेदन लेख्न भने । मैले आफ्नै सुरमा लेखें पनि । तर, त्यो हुँदैन भनेर खेस्रा दिएर लेख्न लगाए । मैले लेखेको निवेदन कसै गरे पनि बाहिर सार्वजनिक हुँदैन भने । तर, २४ घण्टा नबित्दै मैले उजुरी दिएको समाचार बनेर आयो । मैले त्यसपछि डीएसपीलाई फोन गरें तर हुने कुरा त भइसकेको थियो ।

म आफैं काउन्सिलर हुँ, काउन्सिलिङ गर्दा बन्द कोठामा गरिएको कुराकानी गोप्य राख्नुपर्छ भन्ने सिकेको हो । त्यसकारण पनि मलाई प्रहरीसँग विश्वास छैन । प्रहरीले खेल खेलिरहेको छ । मिडियाले मैले बोलेको बंग्याइटिंग्याइ लेख्छ । जहाँ पनि राजनीतीकरण मात्र हुन्छ । असोज १८ गते ‘तपाईं असुरक्षित हुनुहुन्छ होला, अर्को ठाउँ लैजान्छौं’ भन्दै आएका थिए । तर मैले यहीं सुरक्षित छु भनें । तर, म कहीं पनि सुरक्षित छैन । मलाई जसले जे पनि गर्न सक्छ, जस्तो लाग्छ । तपाईं (पत्रकार) हरु पनि मलाई केही नसोध्नू, अब जे भन्छु अदालतमा मात्र भन्छु । अदालतले गर्छ, जे गर्छ । मेरो सुरक्षाको लागि भनेर प्रहरी खटाएको छ, तर उसैले घर देखाउँदै पठाउँछ । मलाई थाहै नदिई रातको १२ बजे पनि मान्छे आउँछन् । एक्लै छु, एक्लै ‘फेस’ गरेर बसेकी छु ।

कोही साथ दिने बसेका छैनन् । कोठाकोठामा चियोचर्चो गर्ने माफियाहरु छन् । श्रीमानले पनि ‘डिभोर्स’ दिइसकेको भन्दै एक्लो भनेर फाइदा उठाउनेहरु पनि छन् । तर जन्मेदेखि संघर्ष गर्दै आएको म जुधेर, भिडेर खान सक्छु । हार खाँदिन । सत्य, असत्य बाहिर आइहाल्छ । लड्ने म हो, दुनियाँले टाउको दुखाउनुपर्दैन । यहाँ नियम, नैतिकता र मानवीयता कसैको छैन, न कसैको राम्रो नियत छ । कोही दूधले नुहाएका छैनन्, गहुँतले चोख्याएर पनि चोखिंदैनन् । यहाँ सबै महिला पीडित छन्, तर न्याय पाएका छैनन् । न्याय दिन्छु भन्ने नाममा परिवार बिगार्ने काम भइरहेको छ । समाज बिग्रिरहेको छ ।

निर्मला पन्तको केसमा जतिजनाको डीएनए टेष्ट गर्‍यो, सबैको नाम प्रहरीले नै बाहिर ल्यायो । के उनीहरुको गोपनीयता भंग भएन ? डिप्रेसन भएको भनेर मलाई पागल बुझ्छन् । ‘हाइप्रोफाइल’ सँग नाम जोडियो भनेर घटनालाई उचाल्छन् । को हाइप्रोफाइल ? सबै मान्छे समान हो । पत्रकारहरुले ‘डिप्रेसन’लाई पागल जसरी प्रस्तुत गरे । यही लेख्दिनुस्, प्रहरी प्रशासनले मेरो गोपनीयता भंग गर्‍यो । हिमालखरबले गरेको कुराकानीको(पीडित महिलासँगको कुराकानीको सम्पादित अंश)हामीले साभार गरेका हाैं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार