पदम खत्री स्मृति भलिबल खुला कप प्रतियोगिता सुरू

  मूलधारपोष्ट  89 पटक हेरिएको

बाजुरा- बजुराकाे त्रिवेणि नगरपालिका वडा नं‌ ९ मा पदम खत्री स्मृति बडिमालिका भलिबल खुला कप प्रतियोगिता सुरू भएको छ । कार्यक्रमको बुधवार एक कार्यक्रमका बिच प्रमुख अतिथि त्रिवेणी नगरपालिका प्रमुख राम सिहं रावलले उद्धघाटन गरे । समाज सेवि पदम खत्रीको समझनाको लागि दशै तिहारको अवसर पारि भलिवल कार्यक्रमको आयोजना गरेको स्वर्गीय पदम खत्रीका छोरा राजेन्द्र खत्रीले बताए ।

स्वर्गीय बुवाको समझनामा दोस्रो पदम खत्री बडिमालिका कप भलिबलको आयोजना गरेको खत्रीले बताए । कार्यक्रममा स्वर्गीय पदम खत्रीको धर्म पत्नी सुर्जा खत्रीलाई कार्यक्रमका प्रमुख रामसिहं रावलले दोसला ओडायर सम्मान गरेको थियो ।

भलिवल प्रतियोगितामा १६ वटा टिमहरूको सहभागी रहेको आयोजक समितिका सह सयोजक रतन खत्रीले बताए । भोलिवल प्रतियोगिता तीन दिन सम्म सञ्चालन हुने छ । कार्यक्रमको विशिष्ट अथिति वडा न ९ का वडा अध्यक्ष वीर बाहादुर विष्ट र वडा न ७ का अध्यक्ष प्रेम बहादुर थापा रहेका थिए । कार्यक्रमको सञ्चालन कर्ण बहादुर थापाले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार