बृद्धाआश्रममा बसेकी एक उपसचिपको कथा भिडियो सहित

  पत्रपत्रिका खबर  164 पटक हेरिएको

‘आइएम गोइङ टु फ्रान्स! नेक्स्ट विक,’ केही समयअघि भक्तपुरस्थित ‘मानव कल्याण समाज सेवा’ को कार्यालयमा रिपोर्टिङका लागि पुग्दा ह्विलचेयरमा टाउको लत्र्याएर बसेकी एक वृद्ध महिला भन्दै थिइन्। उनको आवाज मेरो कानमा ठोकिने बित्तिकै मेरो ध्यान उनीतर्फ मोडियो। भक्तपुरमा कार्यालय रहेको ‘मानव कल्याण समाज सेवा’ को काम हो, सडकपेटीमा वेवारिसे अवस्थामा भेटिएका मानिसहरूलाई आश्रय दिनु। मेरो ध्यान किन पनि ती वृद्धातर्फ मोडियो भने ‘मानव कल्याण समाज सेवा’ को त्यो भवनमा अरूभन्दा केही सुकिलो लुगामा उनी बसेकी थिइन्। कुलिन झैं लागिने ती बृद्धाको अंग्रेजी भाषाको उच्चारण दमदार थियो। उनको अनुहारले मलाई निकै आकर्षित गर्‍यो र आश्रममा बसेका अन्य ४९ वृद्धवृद्धालाई छोडेर म उनैको नजिकै पुगेँ।

उनीतर्फ जाँदै गर्दा सेवा घरकी सञ्चालिका सुमी मानवले रोक्न नखोजेकी होइनन्, भन्दैथिइन्, ‘उहाँ कसैसँग बोल्न मन गर्नुहुन्न। बेकारमा गएर के गर्नुहुन्छ?’तर, मनले मानेन। सुमीले थप जानकारी दिइन्, ‘उहाँलाई परिवारसँग जोडिएको कुरा गर्दा टाउको बटार्नुहुन्छ। आफू सम्पन्न परिवारमा जन्मिएको र परिवारकै कारण आज अनाथ र अपाङ्गको जीवन बिताउन बाध्य भएको सुनाउनुहुन्छ।’सुमीले मलाई यो कुरा बताइरहँदा ती वृद्धा भने टाढैबाट हामीलाई नियालिरहेकी थिइन्।

हाल घरको अवस्था-मानव कल्याण आश्रममा उनको अवस्था देखेपछि मलाई उनको घर र परिवारको विषयमा जान्ने कौतुहलता बढ्यो। म भोलिपल्टै कुपण्डोलस्थित उनको घर पुगेकी थिए। कुपण्डोलमा नाइटिंगेल स्कुलको नजिकै उनको घर रहेछ। घरमा सबैतर्फ ताल्चा लगाइएको छ। तर, घरको बाहिरी भित्तामा २ वटा बोर्ड टाँगिएको छ। जसमा लेखिएको छ– ‘डा. शान्तिप्रिया उपाध्याय।’शान्तिप्रियाको छिमेकबाट उनको विषयमा धेरै कुरा थाहा पाउने अवसर प्राप्त भयो। उनी रामेश्वर पौडेलकी जेठी श्रीमति पट्टिकी एक मात्र सन्तान हुन्। आमा स्वर्गवास नहुँदै बुवाले कान्छी बोकेर ल्याएछन्। यसपछि यी दुबै आमा–छोरीको बिजोग भयो। बुवाको व्यवहारबाट खुम्चिएकी शान्तिप्रियाले बिहे गरिनन्। उनी आमाकै सेवा गरेर बसिन्।

६ वर्षअघि उनलाई अर्को दुःखले घेर्‍यो। वनस्पति विभागको हलमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्तालाई पढाउने क्रममा उच्च रक्तचापले उनी एक्कासी ढल्न पुगिन्। यसपछि उनको शरीरको एउटा भागमा पक्षघात भयो। आफूलाई सेवा गर्ने छोरी नै ‘प्यारालाइसिस्’ का कारण ओछ्यानमा परेपछि आमाको पनि बिजोग भयो र त्यही साल निधन भयो। आमाको निधनपछि झन् एक्लिएकी शान्तिप्रिया केही वर्ष सुसारेको भरमा कुपण्डोलको सिंगो घरमा बसोबास गर्दै आइरहेकी थिइन।

उनलाई सेवा गर्ने सुसारेको व्यवहार त्यति राम्रो थिएन। उनी बिहान खाना दिन घर आउँथिन् र दिउँसो भरी उनलाई कोठा बाहिर निकालेर जान्थिन्। साँझ परेपछि फेरि कोठामा हुलेर बाहिरबाट ताल्चा लगाएर घर फर्किने गर्थिन्। यसले शान्तिप्रियाको शारीरिक मात्र होइन, मानसिक पीडा पनि बढ्दै गइरहेको थियो। राती कोठामा थुनिनु पर्दा कैयौं रात उनले ह्विल चियरमै दिसापिसाब गर्नु परेको थियो। उनको उद्धार गर्न जाँदा कोठा दिसापिसाबले गन्हाएको सुमी बताउँछिन्। शान्तिप्रियाको कुपण्डोलको हालको घरजग्गाको लालपुर्जा ललितपुर वडा कार्यालयमा सुरक्षित छ। तर, घरको साँचो कोसँग छ? त्यो कसैलाई थाहा छैन।

ललितपुर वडा नं १ का वडा अध्यक्ष निर्मल तण्डुकार भन्छन्, ‘उहाँको घरको लालपुर्जा वडामा सुरक्षित छ। तर, घरको ताल्चाको विषयमा हामी अनभिज्ञ छौं। सायद त्यही सुसारेसँग छ कि?’शान्तिप्रियाको मानसिक अवस्थामा अहिले पनि सुधार हुन सकेको छैन। त्यसैले उनी धेरै कुरा ठम्याउन असमर्थ छिन्। तर, उनलाई एउटा कुरा अझै याद छ, आफ्नो घर बाहिर टाँगिएको दुई वटा बोर्ड, जसमा लेखिएको छ–‘डा शान्तिप्रिया उपाध्याय’। उनी भन्छिन्, ‘मेरोमा विदेशीहरू रिसर्च गर्न आउँछन्। उनीहरूलाई घर चिन्न सजिलो पर्छ। त्यसैले ‘डा. शान्तिप्रिया उपाध्याय’ लेखिएको बोर्ड यहाँ ल्याइदिनु पर्‍यो।’‘आइएम गोइङ टु फ्रान्स! नेक्स्ट विक,’ केही समयअघि भक्तपुरस्थित ‘मानव कल्याण समाज सेवा’ को कार्यालयमा रिपोर्टिङका लागि पुग्दा ह्विलचेयरमा टाउको लत्र्याएर बसेकी एक वृद्ध महिला भन्दै थिइन्।

उनको आवाज मेरो कानमा ठोकिने बित्तिकै मेरो ध्यान उनीतर्फ मोडियो। भक्तपुरमा कार्यालय रहेको ‘मानव कल्याण समाज सेवा’ को काम हो, सडकपेटीमा वेवारिसे अवस्थामा भेटिएका मानिसहरूलाई आश्रय दिनु। मेरो ध्यान किन पनि ती वृद्धातर्फ मोडियो भने ‘मानव कल्याण समाज सेवा’ को त्यो भवनमा अरूभन्दा केही सुकिलो लुगामा उनी बसेकी थिइन्। कुलिन झैं लागिने ती बृद्धाको अंग्रेजी भाषाको उच्चारण दमदार थियो। उनको अनुहारले मलाई निकै आकर्षित गर्‍यो र आश्रममा बसेका अन्य ४९ वृद्धवृद्धालाई छोडेर म उनैको नजिकै पुगेँ।

उनीतर्फ जाँदै गर्दा सेवा घरकी सञ्चालिका सुमी मानवले रोक्न नखोजेकी होइनन्, भन्दैथिइन्, ‘उहाँ कसैसँग बोल्न मन गर्नुहुन्न। बेकारमा गएर के गर्नुहुन्छ?’तर, मनले मानेन। सुमीले थप जानकारी दिइन्, ‘उहाँलाई परिवारसँग जोडिएको कुरा गर्दा टाउको बटार्नुहुन्छ। आफू सम्पन्न परिवारमा जन्मिएको र परिवारकै कारण आज अनाथ र अपाङ्गको जीवन बिताउन बाध्य भएको सुनाउनुहुन्छ।’सुमीले मलाई यो कुरा बताइरहँदा ती वृद्धा भने टाढैबाट हामीलाई नियालिरहेकी थिइन्।

नजिकै पुगेपछि मसँग रहेको क्यामेरा देखिन् र सोधिन्, ‘तपाईहरू समाचार लेख्ने मान्छे हो? मेरो बारेमा मिलाएर लेखिदिनुहोला है।’हेर्दै घरानीया लाग्ने ती वृद्धा हामीसँग कुरा गर्दा उनको शरीर थरथरी कामिरहेको थियो। खुट्टा बुङ्बुङ् सुन्निएका थिए। पछि बुझ्दै जाँदा पो थाहा भयो, ‘प्यारालाइसिस’ का कारण उनको आधा शरीर नचल्ने भइसकेको रहेछ। उनलाई गत वर्ष उनकै घरको कोठाबाट उद्धार गरेर भक्तपुर ल्याएको रहेछ। को हुन्, ती महिला? विगत एक वर्षदेखि भक्तपुरको मानव कल्याण समाजमा आश्रय लिँदै आएकी यी बृद्धाको नाम हो, डाक्टर शान्तिप्रिया उपाध्याय। नागरिकतामा उनको स्थायी ठेगाना लेखिएको छ, लाजिम्पाट।

जन्म मिति २००७ साल साउन १९ गते। उनलाई कुपण्डोलबाट उद्धार गरिएको थियो। शान्तिप्रियाको बुवाको नाम हो, रामेश्वर पौडेल र आमा यशोदा। उनले त्रिचन्द्र कलेजबाट केमेस्ट्रीमा स्नातकोत्तर गरेकी थिइन्। जडिबुटीमा उनले फ्रान्सबाट पिएचडी गरेकी हुन्। ६९ वर्षीय शान्तिप्रिया जडिबुटी अनुसन्धान विभागमा पिएचडी गर्ने एक मात्र कर्मचारी हुन्। उनीबाहेक हालसम्म कसैले पिएचडी नगरेको उनकै सहकर्मी सरिता श्रेष्ठ बताउँछिन्।‘२०४४ सालमा म जागिरे भएर आउँदा उहाँ विभागमै हुनुहुन्थ्यो,’ सरिता भन्छिन्, ‘उहाँ निकै मिहिनेती र अनुशासनप्रेमी कर्मचारी हो।’शान्तिप्रियाका बुवा र आमा दुबै सरकारी जागिरे थिए। कान्छा काका ठाकुरनाथ शर्मा रेडियो नेपालका अवकाशप्राप्त कर्मचारी।

उनी आफैं वन मन्त्रालय अन्तर्गत वनस्पति विभागको प्राकृतिक अनुसन्धान शाखामा वरिष्ठ अनुसन्धान अधिकृत अर्थात उपसचिव थिइन्।अवकाशपछि उनले कुपण्डोलस्थित आफ्नै घरमा वनस्पति रिसर्च सेन्टर खोलेकी थिइन्। उनी त्यहाँ साबुन, अत्तरलगायतका समान उत्पादन गर्थिन्। गत वर्ष कुपण्डोलका स्थानीयलगायत वडा कार्यालयका अधिकारीले शान्तिप्रियाको बिजोगको विषयमा मानव कल्याण समाजलाई जानकारी दिएका थिए। यस्तो थियो,। उनको अवस्था मानव कल्याण समाजका पदाधिकारी उद्धारका लागि कुपण्डोलस्थित शान्तिप्रियाको घर पुग्दा उनको अवस्था निकै दयनीय थियो। बाहिरबाट घर निकै सुन्दर र चिट्टिक्क परेको देखिन्थ्यो। तर, घरभित्रको माहोल राम्रो थिएन।  शान्तिप्रिया लट्टा परेको कपाल, शरीरको एउटा पाटो नचलेर ह्विलचेयरमा थलिएको अवस्था र पुरै शरीर गन्हाइरहेको अवस्थामा एउटा कोठामा थुनिएर बसेकी थिइन्।

उनको त्यो हालत देखेर मानव कल्याणकी सञ्चालिका सुमी मानवको आँखा पनि रसाएका थिए। मूलत हामी सडकपेटीमा हुने वृद्धवृद्धालाई मात्र आश्रममा उद्धार गरेर ल्याउछौं। तर, उहाँ (शान्तिप्रिया) को अवस्था देखेपछि घरमा छोड्न मन लागेन। त्यसैले आफैसँग लिएर आयौं,’ सुमीले बिएल नेपाली सेवासँग भनिन्। शान्तिप्रियाको घरभन्दा आश्रम निकै सानो छ। तर, उद्धार भएर आएको रात आफू बर्षौपछि मस्तले ओछ्यानमा सुतेको शान्तिप्रियाले आफूलाई भनेको सुमी बताउँछिन्। सुमीले आफ्नो जीवनमा थुप्रैलाई उद्धार गरिसकेकी छिन्। तर, उनी पढाईमा डाक्टरी गरिसकेको, राम्रो कूल खान्दान भएको, धनसम्पत्ति पनि प्रशस्त भएको र नेपाल सरकारको उच्च तहमा बसेर काम गरिसकेको व्यक्ति यो हदसम्म पीडित भएको आफूले पहिलोपल्ट भेटेको बताउँछिन्।

मलाई लाग्छ, यो औंलामा गन्न भ्याउने घटना होला,’ उनी भन्छिन्। शान्तिप्रियाको जागिर जीवन-शान्तिप्रिया जागिरमा पनि अब्बल मानिन्थिन्। पुरूष हावी भएको समाजमा विदेशमा पढेर पिएचडी गर्दै नेपाल सरकारको उपसचिव पदसम्म पुग्नु चानचुने कुरा पक्कै होइन्। शान्तिप्रियाले जागिरकै क्रममा विश्वका धेरै देश घुमिसकेकी छिन्। उनलाई अहिलेसम्म घुमेको देशहरूमा जापान औधि मनपर्छ। उनलाई घरबाट उद्धार गरिँदा पनि जापानको नाम लिनुपरेको थियो। ‘उहाँ हिँड्न नमानेपछि हामीले एक जना जापानी भाषा बोल्ने मानिस लगेर तपाईँलाई जापानिज अस्पतालमा उपचार गराएर ल्याउने प्रलोभन देखाएका थियौं,’ सुमी भन्छिन्। नेहा शर्माले नेपाल ब्रेकलाइन न्युजको लागि लेखेको हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार