व्यवसाय तथा जागिरमा सफलता पाउन राशिअनुसार यस्तो ध्यान गर्नुहोस्

  मूलधारपोष्ट  164 पटक हेरिएको

ज्योतिष शास्त्रबाट मानिसको भूत, भविष्य र वर्तमानको फलादेश गरिन्छ । मानिसको जीवनमा ग्रहको प्रभाव स्वरुप विभिन्न उतारचढाव आइरहेका हुन्छन् । यस्ता समस्या निवारणको लागि आफ्ने कुन दशा चलेको छ ? कस्को पूजा गर्दा दोष निवारण हुन्छ लगायतका विषयमा ज्योतिष शास्त्रले बताउँछ । यहाँ हामीले जागिर तथा व्यवसायमा सफलता हासिल गर्न राशिअनुसार के गर्ने भन्ने विषयमा उल्लेख गरेका छौं–

धनु राशि-धनु राशिका मानिसहरुको व्यवसाय मंगल र बुधमा निर्भर हुन्छ । नियमित रूपमा हनुमानको उपासना गर्ने र बुधबार हरियो फल वा तरकारी दान गर्नाले व्यवसाय/जागिरको समस्या हट्नेछ । मकर राशि-मकर राशिको ब्यवसाय शुक्र र चन्द्रमा निर्भर हुन्छ । व्यवसाय स्थानमा भगवान शिवको स्थापना गरी नित्य बिहान सेतो फूलद्वारा पूजा गर्नाले व्यवसाय/जागिरको व्यवधान घटेर जानेछ ।

कुम्भ राशि-कुम्भ राशिका मानिसहरुको व्यवसाय सूर्य र शुक्रमा निर्भर हुन्छ । व्यवसाय स्थलमा तामाका भाडांमा पानि राख्नाले तथा हरेक बिहान सायं श्री सूक्तमको पाठ गरे व्यवसाय/जागिरको आउने समस्या दूर हुनेछन् । मीन राशि-मीन राशिका मानिसहरुको व्यवसाय चन्द्र तथा बुधमा निर्भर हुन्छ । नियमित बिहान भगवान शिवलाई दुबो र जल अर्पण गरी १०८ पटक शिव मन्त्र उच्चारण गरेमा व्यवसाय/जागिरमा श्रीवृद्धि हुने विश्वास गरिन्छ ।

मेष राशि-मेष राशिका मानिसको व्यवसाय शुक्रमा निर्भर हुन्छ । त्यसैले सेतो कपडा र स्फटिकको माला धारण गर्नुपर्छ । हरेक शुक्रबार लक्ष्मीमाताको आराधना गरे व्यवसाय तथा जागिरमा आएको समस्या हट्ने विश्वास गरिन्छ । वृष राशि-बृष राशिका मानिसका लागि बुधले सफलता दिने गर्दछ । हरेक बिहान भगवान गणेशको पूजा आरधना गरी दुबो अर्पण गरे वा बिहान बेलुका हनुमान चालीसा पाठ गरे ब्यवसाय/जागिरमा लाभ मिल्नेछ ।

तुला राशि-तुला राशिका मानसिको व्यवसाय शनि र मंगलमा निर्भर हुन्छ । नियमित रूपमा बिहान सायं शनि मंत्र को जाप गर्ने र रातो कपडाले नरिवल बाधि व्यवसाय स्थानमा राखे समस्या हट्नेछ । वृश्चिक राशि-वृश्चिक राशिका मानिसहरुको व्यवसाय शुक्रमा निर्भर हुन्छ । व्यवसाय स्थलमा सेतो गणेश लक्ष्मीको मुर्ती स्थापना गरी हरेक बिहान विधिवत रुपमा नित्यकर्म तथा पूजा गर्नाले व्यवसाय/जागिरको समस्या हट्नेछ ।

मिथुन राशि-मिथुन राशिका मानिसको व्यापार–व्यवसाय शुक्र र बृहस्पतिमा निर्भर हुन्छ । नियमित रुपमा बिहान सूर्यलाई शुद्ध जलमा बेसार मिसाएर अर्पण गरेमा व्यवसाय/जागिरका क्रममा आउने समस्या समाधान हुनेछ । कर्कट राशि-कर्कट राशिका व्यक्तिको व्यवसाय शनिमा निर्भर हुन्छ । नियमित शनि चालीसा पाठ गरी हरेक शनिबार पीपलको फेदमा दीपदान गरेमा व्यवसाय/जागिरमा आएको ब्यवधान हटेर जानेछ ।

सिंह राशि-सिंह राशिका मानिसको व्यापार व्यवसाय शनि र मंगलमा निर्भर हुन्छ । नित्य हनुमानको श्रद्धापूर्वक उपासना गर्ने र हरेक शनिवार कालो चना दान गर्नाले व्यवसाय/जागिरको उल्झन हट्नेछ । कन्या राशि-कन्या राशिका मानिसको व्यापार/व्यवसाय बुध र बृहस्पतिमा निर्भर हुन्छ । व्यवसाय/जागिरमा आएको समस्या हटाउन नियमित पहेलो फूलद्धारा गणेशको पूजा–आरधना गर्ने गणेश मन्त्र जाप गर्नुपर्दछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार