६ वटा सवारी सधान सहित ४ जना प्रहरीको फन्दामा

  मूलधारपाेष्ट  124 पटक हेरिएको

भारतबाट भन्सार छली नेपाल ल्याएको अवैध कपडा,पशुचौपाय तथा ६ वटा सवारी सधान सहित ४ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका ६ सानो ईटवाल टोलमा डेरागरी बस्ने ३ जनाले भारतबाट मोटरसाईकलमा अन्दाजी मुल्य ३३ लाख हजार बराबरको भन्सार छलीका कपडा लिएर आउँदै गर्दा कपडा सहित ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सिम्रौनगढ नगरपालिका वडा नं. ६ सानो ईटवाल टोलका मोजाहिर मियाँको घरमा डेराकोठा लिई बसेका बाराको आदर्शकोतवाल गाउँ पालिका ५ का अन्दाजी वर्ष ३४ को रामरतन यादव,उनका भाई अन्दाजी वर्ष २९ का जयमंगल प्रसाद यादव, सोही स्थान निवासी अन्दाजी वर्ष ४५ को हेमचन्द्र तिवारी पक्राउ परेका बारा प्रहरीले जनाएको छ । उनिहरूले भारतबाट ५ वटा मोटरसाइकलमा अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका कपडाहरू डेरा कोठामा स्टोर गरी राखेको र केही कपडाहरू मोटरसाईकलमै लोड गरी राखेको भन्ने सुचनाको आधारमा पुगेको प्रहरी टोलीले सो सामान सहित उनिहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बरामत गरिएका कुर्ता सुरूवाल, बच्चाको सुट, सर्ट ,पाईन्ट ,साडी, सेण्डो लगायतका बिभिन्न किसिमका कपडाहरू गरी अन्दाजी ३३ लाख ९० हजारका रहेको प्रहरीले जनाएको छ । उनिहरुले भारतीय नम्बर प्लेटका द्यच् ण्छ ः द्दण्घण् , द्यच् ण्छ भ् टठघछ, द्यच् ण्छ ँ टठज्ञज्ञ, द्यच् ण्छ ँ डठछ र बा ५८ प २२३ नम्बरको मोटरसाईकलहरूमा लोड गरी राखेको र १३ बोरामा डेराकोठामा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामत गरेको जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विकाशराज खनालले बताउनु भयो ।

त्यसैगरी अवैध खसी सहित बोलेरो पिकअपमा भारतबाट नेपाल ल्याउदै गर्दा ४९ वटा खसी र १ वटा बाख्रा गरी ५० वटा पशुचौपाय प्रहरीले पक्राउ गरेको छ । कलैया उपमहा नगरपालिका १ स्थीत भरत चोकमा चेकजाँचको क्रममा भारत भन्सार छली ल्याउदै गरेको अवस्थामा बा १७ च ५८६५ बोलेरो पिकअपमा ४९ वटा खसी र १ वटा बाख्रा गरी ५० वटा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बोलेका चालक कलैया उपमहा नगरपालिका ९ का अन्दाजी वर्ष २५ का शेख अफजललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । पक्राउ गरिएको सवारी साधन फिकअप बोलेरो अन्दाजी १२ लाख र खसी,बाख्रागरी करिब ३ लाख ५० हजार गरी करिब १५ लाख ५० हजार बराबरको सवारी साधन र खसी बाख्रा सहित किसिमका कपडाहरू अन्दाजी ३३ लाख ९० हजार गरी कुल ४९ लाख ४० हजार बराबरको मालसामान मुल भन्सार कार्यलय विरगन्ज बुझाएको बारा प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक विकाशराज खनालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार