निर्वत’मान सभामुख कृष्ण’बहा’दुर महरा प्रकाउ

 109 पटक हेरिएको

यौन दुर्व्यवहारको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरा सभामुख निवासबाटै पक्राउ परेका छन्। आइतबार साँझ उनलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा गएको टोलीले प्रक्राउ गरेको जनाईएको छ। महराले प्रहरीको गाडीमा जान नमानेपछि निजी सवारी साधनमा राखेर लगिएको छ । उनलाई तीन कुने प्रहरी वृतमा लगिने प्रहरीले जनाएको छ ।

महरालाई यसअघि नै चढ्दै आएको सवारी साधनमा राखेर लगिएकाले हतकडी लगाईएको वा नलगाईएको बारे त्यहाँ उपस्थिति सञ्चारकर्मीलाई पनि जानकारी गराईएको छैन । त्यस्तै उदयपुरका एक वृद्धको शव फेला परेको छ। ३ दिनअघि आफन्तकामा हिडेका जिल्लाको बेलका नगरपालिका ४ का ८५ वर्षीय इच्छाबहादुर राइको शव आइतबार बिहान भेटिएको हो।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाका अनुसार शुक्रबार दिउँसो तीन बजे बेलका ३ रातापानीस्थित आफन्तकोमा जाने भनेर हिडेका राई शनिबारसम्म पुगेको खवर नआएपछि खोजतलासको क्रममा आइतबार बिहान मृत भेटिएका हुन्। वृद्धको लास बेलका ३स्थित गिदेरी खोलाकिनारमा प्रहरी चौकी लालपत्ताबाट खटेको प्रहरी सहायक निरीक्षक (असई) नेतृत्वको टोलीले फेला पारेको हो। मृत्युबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार