पविन्द्र सुनार नेपाल लोक स्टारको उत्कृष्ट ५ मा पर्न सफल

बाजुराका पविन्द्र सुनार आइएमइ नेपाल लोक स्टारको उत्कृष्ट ५ मा पर्न सफल भएका छन् । शुक्रवार भएको अडिसनको उत्कृष्ट ५ मा छनोटमा परेका पविन्द्र सुनारले आफ्नो स्थान सुरक्षित बनाएका हुन्, । बाजुरा मात्र नभई शुदुरपश्चिम प्रदेश बाट नै आइएमइ नेपाल लोक स्टारमा पविन्द्र सुनार मात्र रहेका छन् ।

सुनारले धनगढीमै अडिसन दिएका थिए । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरथ सुनार सानैदेखि लोकगीतमा रुचि राख्दै आएका थिए। उनले बाजुराबाट कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने अवसर पनि पाएका थिए ।

अहिले ८० प्रतिशत भोटिङ र २० प्रतिशत निर्णायकलाई निर्णयको अधिकार दिईएको छ । देशभरबाट लोक गायनमा खारिएका प्रतिभा खोज्न सुरु गरिएको उक्त रियलिटी शोमा उपाधी जित्नेलाई ५० लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ भने दोस्रो हुनेले २५ लाख रुपैयाँ र तेस्रो हुनेले १० लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार