अव देखि एकल पुरुषले पनि भत्ता पाउने

  मूलधारपोष्ट  201 पटक हेरिएको

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका एकल पुरुषले पनि मासिक रु ५०० का दरले भत्ता पाउने भएका छन् । गाउँपालिकाले कार्यविधि बनाइसकेकाले यस आवको साउनदेखि नै लागू हुने गरी भत्ता वितरण गर्न लागिएको हो ।

गाउँपालिकाभित्र करीब ३५० एकल पुरुष भएको अनुमान गरिएको हुँदा नाम सङ्कलन गरेर एकिन विवरण प्राप्त भएपछि वितरण गरिने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए।

महिला र पुरुष समान भनिँदै आएका सन्दर्भमा एकल पुरुषलाई पनि मासिक भत्ता दिन उपयुक्त ठहर गरी आन्तरिक स्रोतबाट प्रदान गर्ने गरी गाउँपालिकाको सभाले रु २० लाख बजेट पारित गरेको अध्यक्ष शेर्पाको भनाइ छ । (रासस)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार