बिक्रि हुनै छो’ड्यो खाद्य संस्था’नको चामल

  मूलधारपोष्ट  141 पटक हेरिएको

बाजुरा-जिल्ला सदरमुकाम मार्तडीमा रहेको नेपाल खाद्य संस्थान बाजुराले बजारको भन्दा मुल्य घटाउदा पनि संस्थानको चामल विक्री हुन छोडेको छ । जिल्लाका स्थानीयहरुलाई लक्षित गरि संचालन गरिएको उक्त स.स्थानमा विगतका वर्ष भन्दा यो वर्ष देखि खाद्यको चामल विक्री हुन छोडेको नेपाल खाद्य संस्थान बाजुराले जनाएको छ ।

सदरमुकाम मार्तडीमा रहेको नेपाल खाद्य संस्थान बाजुराको चामल विक्री हुन छाडेको हो ।  दशै तिहार आउन अगावै चामल किन्नेको घुइचो हुने संस्थानमा पछिल्लो समयमा चामल विक्री हुन छाडेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताउनु भएको छ ।
उहाँले भन्नुभयो–‘कम मात्रामा चामल विक्री हुन थालेपछि दशै र तिहारका लागि चामल प्रशस्त रुपमा रहेको छ । यो वर्षको चाडपर्वमा चामलको कुनै अभाव हुने छैन ।’

बजार नजिकै गएपछि अहिले चामल कम मात्रामा विक्री हुन थालेको हो । बजारीकरण र त्यसले प्रत्येक पसलहरमा चामल विक्रीका लागि राखिएकाले पनि कम विक्री भएको ओझाको दावी रहेको छ । खाद्य संस्थान बाजुराले मोटो चामल प्रति केजी ४५ रुपैया,सोना मनसुली चामल प्रतिकेजी ४८ रुपैया र जिरा मसिना चामल प्रतिकेजी ६२ रुपैयाका दरले विक्री गर्दा पनि चामल लिनेको खासै नआउने गरेको प्रमुख ओझाले बताउनु भयो ।

शाखा प्रमुख ओझाले विगतका वर्ष भन्दा यस वर्ष दैनिक ४० जना जति मात्र खाद्य संस्थानमा चामल किन्न आउने गरेका छन् । अघिल्ला वर्ष दैनिक रुपमा डेढ सय बढी चामल किन्न आउने जिल्लाका स्थानीयबासी यो वर्ष देखि ह्वात्तै घटेको प्रति चिन्ता व्यक्त गर्नु भयो । खाद्य संस्थानमा चामल किन्नेको ग्राहक घट्दै जाने हो भने गोदाममै चामल कुहिन सक्ने अवस्था आउने शाखा प्रमुख ओझाको भनाई छ ।

बजारको मुल्य भन्दा पाँच रुपैया भन्दा कम मुल्यमा विक्री गर्दा पनिलखाद्य संस्थानमा चामल किन्ने सेवाग्राही नै घटेका छन् । बजारमा प्रति केजी ४५ देखि ७० रुपैयामा चामल विक्री हुने भएपनि सो भन्दा कम मुल्यमा खाद्यको चामल विक्री गर्दा पनि खाद्य संस्थानको चामलप्रति नै सेवाग्राहीहरु कम चासो देखाउन थालेको शाखा प्रमुख ओझाले राससलाई बताउनु भयो ।

दशै अवधिभरमा खाद्य अभाव नहुने-जिल्लामा यस वर्षको दशै र तिहारमा खाद्य अभाव नहुने भएको छ । नेपाल खाद्य संस्थान बाजुरा शाखाका अनुसार गोदाममा चामल यथावत रहेकाले खाद्यवस्तु अभाव नहुने नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले जानकारी दिनु भएको छ । उहाँले दिएको जानकारी अनुसार सदरमुकाम मार्तडीमा रहेको खाद्य संस्थानको गोदाममा दुई हजार ४८२ क्वीन्टर चामल र कोल्टी खाद्य संस्थानमा दुई हजार ६९७ क्वीन्टल चामल रहेको प्रमुख ओझाले बताउनु भयो ।

विगतका वर्षहरुमा जिल्लामा चालम छैन । खाद्य अभावले संकट निम्त्याउदै भन्ने आशंका नरहेको प्रमुख ओझाको भनाई रहेको छ । सदरमुकाम मार्तडीमा रहेको खाद्य संस्थानमा बाजुराका प्रमुख ओझाको भनाई रहेको छ । मार्तडीमा जिरा मसिनो, ओरा मोटो, र सोना मनसुली चामल गोदाममा यथावत रहेको छ । साउन महिनामा मात्र दुई सय क्वीन्ट जति विक्री भएको छ । अघिल्लो वर्ष साउन भदौमा ११ सय बढी विक्री भएपनि यो वर्ष खासै विक्री नभएको खाद्य संस्थान बाजुराले जनाएको छ ।

खाद्य संस्थामा मार्तडीमा जिरा मसिनो २७ सय क्वीन्टल,मोटो चामल १७ सय क्वीन्टल र सोना मनसुली चामल ७८१ क्वीन्टल चामल गोदाममा राखिएको प्रमुख ओझाले राससलाई बताउनु भएको छ ।  यस्तै पुर्वी उत्तरी भेगका तीन स्थानीय तह लक्षित गरि राखिएको कोल्टी डिपो केन्द्रमा सोना मनसुली ६ सय क्वीन्टल,जिरा मसिनो २५ सय क्वीन्टल, र मोटा चामल १५ सय क्वीन्टल रहेको छ ।

विक्री केन्द्रमा चामल छैन-जिल्ला खाद्य संस्थान बाजुराले हिमाली गाउँपालिकाका स्थानीयलाई लक्षित गरी कवाडीमा विक्री केन्द्र संचालन गर्दै आएको भएपनि सो केन्द्रमा खाद्य अभाव भएको छ । विक्री केन्द्रमा चामल किन्न आउने उक्त क्षेत्रका स्थानीयहरु रित्तो हात घर फर्किने गरेका छन् । दशै तिहारको जोहो गर्नका लागि चामल किन्न आएका स्थानीयहरु विक्री केन्द्रमा चामल नपाएपछि बजारमा चर्काे मुल्यमा चामल किनेर घर फर्किन बाध्य भएका छन् ।

सो विक्री केन्द्र हिमाली गाउँपालिकाका विच्छ्या,रुगिन र छिमेकी जिल्ला हुम्लाका स्थानीयहरुलाई चामल विक्री गर्ने गरेको संचालनमा ल्याइएको थियो । यो आर्थिक वर्षमा उक्त केन्द्रका लागि ठेका प्रक्रिया भएकाले चामल ढुवानी गर्न सम्झौता गरी दशै अगावै चामल पुर्याउने गरी पहल भइरहेको नेपाल खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताउनु भएको छ ।

उहाँले विक्री केन्द्र भएका कारणले कर्मचारी नबस्ने र ठेका प्रक्रियामा चामल कोल्टीबाट लिएर विक्री गर्ने हुदा यो वर्षका लागि ठेका भएको र सम्झौता हुन बाकी रहेकोले केही ढिलाई भएको प्रमुख ओझाले बताउनु भयो ।  हिमाली गाउँपालिकाको विच्छ्याबाट कोल्टी आउन जान चार दिनको पैदल यात्रा र गर्नुपर्ने बाध्यता रहेको छ । सोही अवस्थालाई मध्ये नजर गर्दै कवाडीमा विक्री केन्द्र संचालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानले बताउनु भएको छ ।

तीन विक्री केन्द्र माग- नेपाल खाद्य संस्थान बाजुराले तीन तहका लागि खाद्यान्न विक्री केन्द्र माग गरेको एक वर्ष वितेको छ । जिल्लाको जगन्नाथ गाउँपालिकाको जुड्डी,खप्तड छेडेदह गाउँपालिकाको डोगडी र गौमुल गाउँपालिकाको घटमुनाका लागि विक्री केन्द्र राख्न नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालयमा माग गरेको भएपनि हालसम्म स्वीकृत भएर नआएको खाद्य संस्थान बाजुराका प्रमुख मेघराज ओझाले बताउनु भउको छ ।

भौगोलिक विकटताले सबै जनताले खाद्यको पहुँचमा नपुग्ने भएकाले सो क्षेत्रमा विक्री केन्द्र संचालनमा ल्याउन माग गरेको बताइएको छ । चामल किन्नका लागि जिल्लाका अधिकांश जिल्लाबासीको खाद्य संस्थान पहुँचमा छैन । माग गरिएका क्षेत्रमा विक्री केन्द्र संचालनमा आए स्थानीयहरुले महंगो चामल किन्ने समस्या हट्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार