अरिङ्गालको टोकाईबाट भा’इको मृ’त्यु दि’दीभाइ घा’ईते

  मूलधारपोष्ट  135 पटक हेरिएको

बाजुरा-अरिङ्गालको टोकाईबाट ५ वर्षे बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका–९ का रामबहादुर थापाका ५ वर्षका छोरा समिर थापा रहेका छन् । अरिङ्गालको टोकाईबाट दुई जना दिदीभाइ घाइते भएका छन् ।

घर नजिकैको जगंलमा पानी लिन गएको बेला अरिङ्गालले टोकेको हो । घाईते बनेका समिरलाइ जिल्ला अस्पताल बाजुरामा उपचार असम्भब भएपछि बयालपाटा अस्पताल रिफर गरिएको थियो । लिने तयारी हुँदै गर्दा उपचार कक्षमै मृत्यु भएको अस्पतालले बताएको छ ।

लेकमा बस्दै आएका आफन्तहरु अस्पताल पुग्न ढिलाई गरेका थिए । अरिङ्गालले समिरको टाउको र शरिरका विभिन्न भागमा टोकेको थियो । अस्पताल पुर्याउँदासम्म पनि अरिङ्गाल शरिरमै टाँसिएको अस्पताल श्रोतको भनाई छ ।

काईबाट घाइते भएका विनोद थापा र कविता थापाको सामान्य उपचार पछि घर फकाईएको छ । तीनै जना दिदीभाइ पानी लिनका लागि नजिकैको कुवामा गएका थिए । आमाबुबा लेक गएकोले आफै खाना पकाउनु पर्ने हुँदा पानी लिन गएका हुन् ।

रुखमा गोलो बनाएर बसेको अरिङ्गालले टोक्न सुरु गरेपछि दौडिन नसक्दा समिर थापालाई बढी टोकेको र सहन नसकेकै कारण एकाएक मृत्यु भएको हो । घरमा नियमित पानी नआउने हुँदा उनीहरुको परिवार सधै जसो पानीका लागि कुवामै जाने गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार