रोशनी शाहीलाई आयो फेरी अर्को समस्या

  मूलधारपोष्ट  3081 पटक हेरिएको

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध यौन दुर्व्यवहारको आरोप र त्यसपछि बयान फेरेर चर्चामा रहेकी रोशनी शाहीलाई उनका पति चित्रजंग शाहीले डिभोर्स दिएका छन् । २८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको शाहीले फेसबूकमार्फत जानकारी गराएका छन् । रोशनी र चित्रजंग दुवैले हस्ताक्षर गरेको एउटा पेपर पनि सार्वजनिक गरिएको छ ।

‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णायमा पुगैका छाैं, धन्यवाद शुभचिन्तकहरूमा ।’ रोशनीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए । पछिल्लो समय रोशनीले आफूलाई महराले दुर्व्यवहार नगरेको बयान दिँदै आएकी छिन् ।

त्यस्तै निर्वतमान सभामुख कृष्णबहादुर महराले सभामुखको हैसियतले पाएको सरकारी सुविधा फिर्ता गरेका छन् । महराले बिहीबार सरकारी गाडी र सुरक्षाकर्मी फिर्ता गरेका हुन् । गाडी संसद सचिवालयको सवारी शाखाका प्रमुख उपसचिव कान्छा दुलाललाई बुझाइएको महराको सचिवालयले जनाएको छ ।

महराले बा२झ १२६८ नम्बरको ल्याण्डक्रुुजर गाडी चढ्दै आएका थिए । यस्तै, क्याप्टेनको नेतृत्वमा १७ सैनिक र प्रहरी निरीक्षकको नेतृत्वमा ११ प्रहरी उनको सुरक्षामा खटिएका थिए । अब महरा डेराको खोजीमा रहेका छन् । डेरा पाउने बित्तिकै उनले सरकारी निवास छाेड्ने उनको सचिवालयले जनाएको छ ।

संसद सचिवालयमा कार्यरत स्टाफ नर्स रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लागेपछि महराले मंगलबार पदबाट राजीनामा दिएका थिए । उनलाई आरोप लगाउने शाहीले आरोप लगाएको भोलिपल्टै बयान फेरेकी थिइन् । उनले आफूले आक्रोशमा आएर महरामाथी आरोप लगाएको भएपनि कुनै दुर्व्यवहार नगरेको बताएकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार