हङ’कङमा नेपाली यु’वती जेनी प्र’काउ

  मूलधारपोष्ट  627 पटक हेरिएको

हङकङ र चीन सरकारको बिरोधमा जारी आन्दोलनमा सडकमा उत्रेका नेपाली युवती जेनी राईलाई हङकङ प्रहरीले पक्राउ गरेकोछ। प्रहरीमाथि आक्रमण, सार्वजनिक सम्पति तोडफोड तथा आगजनी गरेको अभियोगमा पक्राउ परेकी जेनी राई (वास्तविक नाम जेनी लिम्बू, ताप्मादेन) को अभियोग प्रमाणित भएमा उनलाई कम्तीमा १० वर्षको जेल हुन सक्छ।

आशा गरौं, उनको अभियोग प्रमाणित नहोस्। र चाँडै रिहा होस्। प्रदर्शनकारीले अहिले प्रहरी र बेइजिङ समर्थकलाई लक्षित गरी आक्रमण गर्ने, चिनियाँ कम्पनी, बैंक पसल रेष्टुरेण्ट तथा सार्वजनिक सम्पति तोडफोड तथा आगजनी गर्दै आएका छन्। मंगलबार प्रहरीले एक प्रदर्शनकारीमाथि गोली चलाएको थियो।

प्रहरीलाई घेराबन्दीमा पारेर आक्रमण गरेपछि प्रहरीले आत्मरक्षाको लागि गोली चलाउन वाध्य भएको प्रहरीको दाबी छ। देब्रे छातिमा गोली लागेको १८ बर्षीय प्रदर्शनकारीको चिन्ताजनक अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार