मह’रा प्रक’रणमा कथित पीुडित’को अर्को बयान के’लाउँदा

  पत्रपत्रिकाबाट  204 पटक हेरिएको

त्यहि त यो भिडियो कसरी आयो ? कसरी भयो त्यस्तो ?’ रोशनी शाहीले दिएको अर्को बयानको यहि प्रश्न शंकाको घेरामा छ । प्रतिनिधि सभाको सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि उनैले लगाएको गम्भिर आरोप थियो,‘उनले बलात्कार गरे, कुटपिट गरे, ०४७ सालदेखिको सम्बन्ध थियो । सँगै रक्सी खाए, एउटै ग्लासबाट खाए ।’कुरा के रह्यो भने महराको भौतिक उपस्थिति थियो थिएन भन्नेको प्रमाण । शाहीको फेरिएको बयानको कुनै ‘दम’ छैन । यसले महरामाथि लागेको आरोप खण्डन गर्छ भन्ने भ्रम कसैले पालेको छ भने त्यो ‘मुतको न्यानो’ मात्र हो ।

आरोपकर्ता, आरोपित, अनुसन्धानकर्ता, राज्यका अनेक अंगमा बसेका कयन व्यक्ति, सत्ताधारी पार्टीका नेता, आम साधारण र सामाजिक सञ्जाल प्रयोगकर्ता सबैले स्पष्ट बुझेका छन् । स्वयम् महराको बचाऊमा लाग्नेहरूले पनि ‘खरानी घस्ने’ काम शक्तिका आडमा गरेका हुन् भन्ने आशंका गर्न कुनै आपत्ति हुनेछैन । यस प्रकरणमा महरा दोषी देखिनेछन् या छैनन् अनुसन्धानको प्रक्रिया स्वतन्त्र हिसाबले अघि बढाउँदा हुनेछ । ति महिलाले बयान नै फेरेपछि अब मेडिकल टेस्ट र प्रहरीमा उजुरी दिन्छिन् भन्ने व्यवाहारिकता बुझ्नुचाहिँ मूर्खता हुनेछ । तर, महराको राजीनामाले बाटो खोलेको छ, स्वतन्त्र छानबिनका लागि । सरकारले चाहे त्यो छानबिन हुन सक्छ । अघिल्लो दिन कुटपिट भएको भन्ने शाहीको दोस्रो बयानको भिडियोमा स्पष्ट उनको अनुहारमा दाग देखिन्छ ।

अझ जुन मिडियाले उनको बचाऊ गरेरै पत्रकारिताको न्युनतम धर्म मानेर अनुहार ‘ब्लर’ गरी भिडियो प्रशारण गरेको थियो, उसले थप प्रमाणसहित अन्य समाचार यसै प्रकरणलाई पुष्टि गर्न लेखेको छ । मंगलबार यहि प्रकरणमाथि थप खोजीनीति गरेका कतिपय मिडियाले शाहीले उक्त घटनाबारे आइतबारै महिला सांसदलाई जानकारी गराएको तथ्य सतहमा ल्याए । अर्को भिडियोमा उनले अन्तरवार्ता लिने हाम्राकुरा डटकमका सञ्चालक, सम्पादक अजयबाबु सिवाकोटी त्यहाँ पुगेको विषयमा पनि अस्पष्ट, पत्याउनै नसकिनेगरी जवाफ दिएकी छन् । तर उनको यो बयान गलत भएको सावित हुने आधार धेरै छन् ।

सिवाकोटी तिनै कांग्रेसकी महिला सांसदले दिएको सूचनाको आधारमा त्यहाँ पुगेका थिए । यसो हुनुको मुख्य कारण सांसद नेपाली कांग्रेसकी भएका कारण त्यसको पहुँच सिवाकोटीसँग सम्भव हुन्छ, किनकी उनी नेपाल प्रेस युनियनका महासचिव पनि हुन् । यति मात्र होइन, यस प्रकरणमा शाहीले सांसदसँग गरेको कुराकानीबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि प्रवक्ता विश्वप्रकाश शर्मा, गगन थापालगायतका नेतालाई पहिल्यै थाहा थियो, नपत्याउने गरी । तर, पीडितसँग कुरा नगरी घटनास्थल नपुगी यसका प्रमाण र तथ्य फेला पर्दैन थिए । तीनकुनेको आफ्नो लोकेशन शाहीले पत्रकारलाई दिएकै कारण पुगेको स्पष्ट हुन्छ । जहाँ प्रहरी पुग्नका लागि त समय लाग्यो भने, पत्रकार पुग्नका लागि अझ समय लाग्ने थियो, सहज थिएन ।

महराका छोरा राहुललाई पनि शाहीले गरेका म्यासेज देखिएको छ । पत्रकार सिवाकोटीले केलाएरै सोधेको अर्को भिडियो पनि बाहिर आएको छ जसले स्पष्ट भन्छ– महरामाथि शाहीले होस्, हवास र प्रमाणसहित बोलेकी, आरोप लगाएकी छन् । सभामुख भनेको राष्ट्रका विशिष्ट व्यक्ति मध्ये वरियताको चौथो पद हो । संविधानले तोकेको तीन सन्तुलित अंग मध्येको एउटा व्यवस्थापिका प्रमुखको पद हो । यो पदमा पुग्नका लागि महराले राजनीतिक जीवनमा आफूले कम संघर्ष गरेका थिएनन् । हिसाबकिताब लगाउने हो भने व्यवस्थासहितको पदीय उचाईमा पुग्दा १७ औं हजारको रगत बगेको थियो । यीनले आरोप लागेको केही घन्टामा पदीय जिम्मेवारीबाट अलग हुने कुरै आउँदैन थियो, दबाब मात्र पनि भए त्यसको प्रतिरोध गर्ने थिए ।

नेकपा सचिवालय र प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष प्रचण्डले पनि राजीनामा दिनु उचित हुने निर्णय गर्नु भनेको महरा ‘गिल्टी’ छन् । तर उनलाई जोगाउने वा प्रतिरोध गर्ने नाममा अर्को अनलाइनमा उनै कथित पीडितको उल्टो बयान प्रकाशित र प्रशारित हुनुले नैतिक मात्र होइन, व्यवाहारिक रुपमा नै शक्तिका सामु झुकाउने दबाब दिएको त हैन भन्ने शंका शतप्रतिशत हुन्छ । बाहिर जुन हिसाबले हल्ला भए पनि प्रमाण नपुगी, सत्यतथ्य जानकारी नभई प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डलगायत सचिवालयले राजीनामा गराउन सुझाव दिँदैनन् । त्यो तहसम्म महराका सुरक्षा अधिकारीदेखि घटना भएको दिन उनका साथमा रहेका एडिसीसम्मका ‘अनअफिसीयल बयान’ प्रधानमन्त्री ओली, प्रचण्डसामु पुगिसकेको थियो । त्यसैले यसमा पात्रलाई बयान फेर्न लगाउनु वा पात्रले डरले बयान फेर्नु भनेको प्रस्ट देखिन्छ ।

‘मैले आफ्ना बुवा जस्तो मानिसलाई त्यस्तो आरोप लगाएँ, रिसको आवेगमा आएर मैले त्यस्तो आरोप लगाएकी हुँ ।’ आरोप लगाउँदा मिडियामा मात्र लगाइन्थ्यो होला, भए जनि सबैलाई म्यासेज पठाएर लगाउनु स्वभाविक हुन्छ रु अर्को, पटक पटक उनले गरेका म्यासेज र फोनका विवरण, महराले डायल गरेका फोनका विवरण अनुसन्धानका लागि झिकाएर पनि केलाउने कोशिश गर्ने कि रु महरा सर आउनु भएको थिएन, त्यसो गर्नु भएको थिएन ।’ त्यसो भए अनुहारमा लागेको चोटदेखि अनेक घटना गराउने अर्को पात्र को हो त रु पतिले गरेका भन्ने हो भने उनी घरमा थिएनन् । मंगलबार मात्रै काठमाडौं आइपुगे । घरबेटीसहित प्रहरी छिरेको कुरा थियो, प्रहरी पुगेको थियो थिएन, प्रहरीले पाएको बयान र प्रमाण के हो रु त्यसको परिक्षण पनि गरौं ।

अघिल्ला र पछिल्ला भिडियोको तथ्यबारे पनि केलाउन आवश्यक छ । यसबीचमा शाहीसँग भएका फोनका डिटेल्स्, उनका भेटघाट, उनका पतिसँगका कुराकानी, उनका पतिसँग महरा र उनका परिवारले गरेका कुराकानीको डिटेल्स् सतहमा आउनु पर्दैन रु कतिपयले शाही डिप्रेशनको रोगी, औषधि खाइरहेको भनेका छन् । आत्महत्याको प्रयास गरेको पनि भनेका छन् । केही समयको अन्तरालका लागि यो कुतर्कभन्दा अरु केही हुनेछैन । त्यस्तै डिप्रेशनकै ओखति खाएका शालिकराम पुडासैनीको अभियोगका आधारमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि मुद्दा छ, चलिरहेकै छ । यो तर्क, उम्किने बचाउने र ओभानो बनाउने परालको त्यान्द्रो भन्दा केही हुनेछैन ।

यस्तो गम्भिर प्रकारको प्रकरण र आरोपले महरालाई जोगाउनका निम्ति अनेक प्रयत्नहरू हुन सक्छन्, पीडितका बयानमात्र होइन धेरै चिज, यहाँसम्मकी पीडित नै फेरिन पनि सक्छन् । यसको निष्पक्ष छानबिन गरी सतहमा, आमसाधारण सन्तुष्ट हुनेगरी विवरण प्रस्तुत गर्न सरकार, सदनमा रहेका व्यक्तिले इमान्दारीता नदेखाए नेकपाको जहाज महरासँगै डुब्छ । नेकपा विचारले चलेको हो की व्यक्तिले चलेको छ, विचारका आडमा खडा भएको सरकार र सदन अनि त्यसको जनमत व्यक्तिका लागि कतिसम्म गर्ला रु त्यो त दुनियाँले नियाँलिरहेकै छन् । सत्यतथ्य बाहिर आओस्, पेन्डिङमा होइन अबिलम्ब यस प्रकरणको अनुसन्धानको रिपोर्ट बाहिर आउनुपर्छ । पत्रकार बिनोद ढकालले लेखेको यो लेख हामीले दैनिक नेपालबाट साभार गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार