प्रवासी कामदारहरु हानिकारक चुरोटका ब्राण्ड- पढ्नै पर्ने लेख

  रमेश पण्डित (तुफान)  675 पटक हेरिएको

१८ डिसेम्बर आप्रवासी कामदारहरू र उनीहरूका आश्रित परिवार तथा शरणार्थीहरूले खुसी मनाउने दिन । यस दिनमा रेमिट्यान्सबाट लाभान्वित मुलुकहरूले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न कोणबाट योगदान पु¥याउने व्यक्ति संघसंस्थाहरूलाई पुरस्कृत गराउने दिन । रेमिट्यान्स नै प्रमुख अर्थतन्त्र बनाएको फिलिपिन्स सरकारले आप्रवासी कामदारहरूलाई ‘राष्ट्रको हिरो’ को पद्वी दिएको छ ।

लेखक : रमेश पण्डित

केही वर्षयता विश्वमै आप्रवासी मुद्दा मानवअधिकारको ‘हट केक’ बनेको छ । त्यसैगरी विश्व बजारमा मानव ओसारपसारका कानुनी÷गैरकानुनी व्यापार÷व्यसायमामा संलग्न पेसाकर्मी तथा व्यवसायीहरू पनि रातारात समृद्धि र प्रसिद्धी कमाउन सफल छन् ।

यसै सन्दर्भमा नेपालमा पनि केही विदेशी नक्कलका सुधारात्मक प्रयासहरू त भएका छन् तर नेपाली आप्रवासीहरूको आर्थिक, मानसिक, सामाजिक जीवन भने झन्झन दलदलमा डुब्दै गइरहेको छ । आम नेपाली भने वैदेशिक रोजगारीलाई छिटो र वैकल्पिक रोजगारीको माध्यम भएको मख्ख देखिन्छन् । तर यसका प्रभाव र असर ठूलो संकट बनेर अगाडि आइरहेको छ ।

यो दिन अस्थायी तथा स्थायी बसाइँसराईमा रहेका करिब २४ करोड ४० लाख आप्रवासीहरूको भाग्य र भविष्यप्रति सरकार (राज्य), अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी संघसस्था एवं आप्रवासनसँग सम्बन्धित संघसंस्थाहरूले आफूलाई कतिको जिम्मेवार छु भनेर आत्म समीक्षा र आमसमीक्षा गर्ने÷गराउने दिन पनि हो । यस दिवसको सन्दर्भमा परिणामतः आज नेपाली आप्रवासी कामदारहरू कुन अवस्थामा पुगेका छन् त ? एक जिम्मेवार नागरिकहरूको तर्फबाट केही जिज्ञासा÷पीडा÷अन्याय र जानकारीहरूको थप विवेचना गर्न सान्दर्भिक देखिन्छ ।

नेपालको आप्रवासन मुद्दा मध्यपूर्वका खाडी मुलुक र मलेसिया मै बढी सिमित भएको छ । खाडीका साउदी अरब, कुबेत, कतार, युएई, बहराइन, लेबनान, ओमन, र मलेसियामा करिब ८० प्रतिशत नेपाली कामदारहरू रहेका छन् । केही वर्ष यता दक्षिण कोरिया र इजरायल आकर्षक रोजगारमूलक गन्तव्यको रूपमा रहेका छन् । अध्ययन, शरणार्थी, डिभी, ग्रीन कार्ड, बसाइँसराई, व्यापार, भ्रमण र अन्य अनियमित बाटो हुँदै विदेशिनेहरूको संख्याबाहेक सरकारले श्रम स्विकृति लिएर विदेशिनेहरूको तथ्यांक राख्न थालेको छ । विभिन्न मापांकअनुसार वार्षिक ४ लाख नेपालीहरू रोजगारीका लागि देश छाड्ने गरेका छन् । मलेसिया र खाडीका प्रायः ठूला रोजगार गन्तव्यहरू विश्वमै सबभन्दा नराम्रो श्रम अभ्यास गर्ने देशहरू हुन् । त्यहीँनेर धेरै कामदार पठाउने व्यवसायीहरू र सरकार÷मन्त्री तथा कूटनीतिक कर्मचारीहरूलाई प्रशंसा गर्ने गरिन्छ । त्यसैले पनि ती देशहरूबाट कामदारहरू र आश्रित परिवारले अमूल्य क्षति व्यहोर्नु परेको छ । यतिबेला यी देशका रोजगारी नेपालका लागि स्वस्थ्यका लागि हानिकारक भएको ब्रान्डेड मध्यपान र धूमपानजस्तो धेरैले प्रयोगमा ल्याउने ब्रान्ड बनेको छ । यसैले पनि ‘सेभ माइग्रेसन’ को नारा बोकेर हरेक वर्ष कर्मकाण्डी आप्रवासन दिवस मनाउँछौँ । यसो हेर्दा नेपाल सरकारले ‘फ्रि भिसा’ नीति लागू गरेको छ । कूटनीतिक नियोगहरूले विदेशमा रोजगार कम्पनीहरू अनुगमन र छनोट गरेका छन् । पीडितको उद्दार र आश्रित परिवारलाई आर्थिक सहयोग गर्ने र नयाँ–नयाँ गन्तव्य मुलुकमा रोजगारी खोज्न रोजगार प्रवद्र्धन कोषबाट अर्बौँ खर्च पनि गरिरहेकै छ । स्वास्थ्य, बिमा र मानवअधिकार तथा पुनस्र्थापना कार्यक्रमका लागि जनचेतना, तालिम शिक्षाका लागि गैरसरकारी संघसंथहरू पनि मरिमेटेर लागेकै छन् । अन्ततः परिणाम रोजगारी जीवनँग साट्निु परेको छ, महँगो छ, असरक्षित छ, बाध्यत्मक छ । श्रम मात्र होइन, इज्जत र स्वभिमान बेच्नु परेको छ । वैदेशिक नेपाल सरकार, म्यानपावर ब्यवसायी तथा गैरसरकारीलगायत संस्थाहरूले यहाँसम्म गरिएका सुधारका प्रयासहरू कति सकारात्मक तथा नकारात्मक हुन पुगेका छन् सरोकारवालाहरूले संवेदनशील भई बहसलाई अघि बढाउने हो कि ।

गन्तव्य मुलुकको अवस्था

१) विदेश रोजगारीका लागि कामदार माग्ने देशहरूले त्यहाँका नागरिकहरूले गर्न नचाहेको तल्लो स्तरको (अपमानजनक) काम, नसक्ने, जोखिमयुक्त, कठिन र सस्तो श्रमका लागि मात्र विदेशी कामदार लाने गर्छन् । (४ डी. डेन्जर, डर्टी, डिफिकल्ट र डिमोरोलाइज काम) परिणामतः प्रवासबाट रोग, मृत्यु र अपांगताको संख्या प्राप्त गरेका छौँ ।

२) हालसम्म कामदार लाने÷पठाउने निकायहरू भनेको नागरिकलाई सामान ओसारपसार, भण्डारण र बिक्रिवितरण (कमोडिफिकेसन) भइरहेको छ ।

३) गन्तव्य मुलुकको विभिन्न धार्मिक अतिवादी, उग्र पुँजीवादी, भ्रष्टाचारमा लिप्त सत्ताका कारण पहिलो नम्बरमा सामाजिक, प्रशासनिक, औद्योगिक श्रम शोषण र हिंसाको सिकार एक नम्बरमा आप्रवासी कामदारहरू हुने गर्छन् । प्रवासमा भाषा, कानुनी, प्रशासनिक पद्दति, प्रक्रिया आदिको ज्ञान÷जानकारीका अभावका कारण उनीहरू अन्यायमा पर्ने जेल, श्रम शोषण, शारीरिक शोषण, यातनाका सिकार हुने गरेका छन् ।

४) काम तथा जिम्मेवारीको मूल्यांकन, स्तरोन्नोति, पारिश्रमिक तथा दक्षता÷ पदन्नोतिजस्ता औद्योगिक श्रम अभ्यास नगरी सीप अनुभव, उचित पारिश्रमिक एवं बोनस÷उपदान (कामदार हित कोष) लिएर फर्कने वाताबरण गन्तब्य मुलुकबाटै लुटिने गर्छ । जसले गर्दा दसौँ वर्ष काम गरेका प्राविधिकहरू ती सुविधाबाट मात्र वञ्चित भएका छैनन्, पुनः साधारण कामदार नै रहने अवस्था छ ।

पठाउने मुलुकहरूको अवस्था

१) सरकारको नीति, सूूचना प्रवाहमा सञ्चार माध्यमको व्यापक पहुँच र म्यानपावर व्यवसायको व्यापक सञ्जालका कारण वैदेशिक रोजगारीप्रति बढ्दो आकर्षण छ ।

२) बेरोजगारी, आमनागरिकहरूमा सरकारी जागिरमा पहुँज नहुनु र अव्यवहारिक शिक्षा नीति भएकाले पनि वैदेशिक रोजगार शीघ्र कमाई गर्ने माध्यम बनेको छ ।

३) सरकार स्वयं दलाल बनेर बहकिएको छ । वैदेशिक रोजगार व्यवसायी र नीति निर्देशनको कानुनी अभ्यास आग्रह पूर्वाग्रहमा कार्यान्वयन गर्ने गर्छ । गैरकानुनी कार्य गर्नेहरूमाथि व्यापक नियन्त्रण गर्ने इच्छाशक्ति राख्दैन, अन्य मन्त्रालय र संघसंस्थाप्रति पर्याप्त समन्वय राख्न सक्दैन । अपराधलाई सम्झौतामा टुंग्याउँछ ।

४) यस व्यवसायमा जोडिएका म्यानपावर व्यवसायी, बैंक÷ रेमिट्यान्स, हवाई कम्पनी, बिमा, होटल, ट्राभल्स, रातारात धनी भएका छन् ।

५) श्रम तथा कूटनीतिक क्षेत्रका कर्मचारीहरू श्रम शोषण, भ्रष्ट र अपराध धन्दाका दलाल मतियार बन्न पुगेका छन् ।

६) गैरसरकारी संघसंस्थाहरू यस क्षेत्रलाई समाज सेवाका नाममा जिविकोपार्जन र व्यापार÷व्यवसायमुखी बन्दै जानु ।

७) सरकारसँग पुनस्र्थापना नीति तथा कार्यक्रम नहुनु । उनीहरूको कमाइ परिवारको आर्थिक सामाजिक विकासमा सदुपयोग नहुनु । फर्किएकाहरूको सीप, अनुभवलाई पहिचान गर्नु र पेसा व्यवसाय एवं सामाजिक क्षेत्रमा पुनस्र्थापित गर्न नसकेको अवस्था छ ।

८) यस क्षेत्रमा कार्यरत कर्मचारी गैरजिम्मेवार एवं राज्यको नीति तथा कार्यान्वयन हल्का र सतही देखिन्छ ।

९) पीडित आप्रवासी कामदारहरूको दुर्बलताको फाइदा उठाउँदै भेस्टेड इन्ट्रेट विभिन्न मिसनरी संघसंस्थाहरू समेत छिर्ने गरेको पाइन्छ ।

यहाँनिर उल्लेखित विषयहरू नै पर्याप्त होइनन् तर आप्रवासनमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी, सरकारी, व्यवसायीक संघसंस्थाहरूले सुरक्षित वैदेशिक रोजगारीको सतक मनाइरहँदा हाम्रो स्थिति कस्तो छ ? किन दैनिक अपांग, रोगी र मृतक नेपालीहरू बोकेर विमान आइरहेका छन् ? स्वदेश र गन्तव्य मुलुकहरूमा हजारौँ नेपालीहरू बिनाकसुर जेलबन्दी बनेका छन् । श्रम शोषण र यातनाका सिकार भएका छन् । अस्मिता गुमाएका छन् र बेपत्ता बनेका छन् ।

हामीले हाम्रा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले संरक्षण गर्न सकिरहेका छैनन्, न्याय दिन सकिरहेका छैनन् । यो वा त्यो संघ संस्थाभन्दा पनि सिंगो नीति असफल भइरहेको छ । यी तथ्य र तथ्यांकहरूले नेपालमा वैदेशिक रोजगार घाटाको व्यापार सावित भएको छ । सिमित व्यक्तिहरूको कमाउधन्दा मात्र बनेको छ भन्दा पनि फरक नपर्ने भएको छ ।

(लेखक अन्तर्राष्ट्रिय आप्रवासी अलायन्स, नेपालका अध्यक्ष हुन् ।)

लेखक पण्डितले इप्रभाव दैनिकको लागि लेखेका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार