सुरु भयो गगन थापा र देवाको लडार्इ, खुट्टा नकमाउ युवालार्इ गगनको आग्रह

  मूलधार सम्वादाता  1349 पटक हेरिएको

काठमाडाैं-  नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाकै कारण हालै सम्पन्न भएको निर्वाचनमा पराजय भोग्नु परेको निश्कर्ष निकाल्दै सभापति देउवासँग वारपारको लडाई लड्ने निर्णय गरेका छन् ।

बुधबार काठमाडौंको पूरानो बानेश्वरस्थित् सिद्धार्थ क्याफेमा बसेको युवा नेताहरुको विशेष भेलामा युवा नेता गगन थापाले पार्टी सभापतिबाट देउवालाई हटाउने जिम्मा लिएको स्रोतको दाबी छ ।

भेलामा गगन थापाका अलावा युवा नेताहरु क्रमशः चन्द्र भण्डारी, धनराज गुरुङ, उमेशजंग रायमाझी, महादेव गुरुङ्, बद्रि पाण्डे, प्रदिप पौडेल, गुरु घिमिरे, गोविन्द भट्टराई, रामहरि खतिवडा, जीवन परियार लगायतका नेताहरुको उपस्थिति थियो ।

युवा नेताहरुलाई साँक्षी राखेर गगनले यस पटक नेतृत्व परिवर्तन गराउन आफूले जिम्मा लिने वचन दिएको स्रोतको दाबी छ । ‘विशेष महाधिवेशन बोलाएर भएपनि देउवा हटाउनेबारे छलफल भएको छ’ स्रोतले गगनको भनाई उद्धृत गर्दै भन्यो, ‘तपाईहरुले मलाई साथ दिनुहोस्, खुट्टा नकमाउनुहोस्, म नेतृत्वलाई हटाएर देखाउँछु।’

पार्टी सभापतिकै अदुरदर्शीताको कारण चुनावमा कांग्रेसले हार व्यहारेको भन्दै पार्टीलाई पूनः सशक्त बनाएर लैजानेबारे आजको युवा नेताहरुको गोप्य बैठकमा छलफल तथा विचार विमर्श भएको एक नेताले जानकारी दिए ।

श्रोत नेपाल पाना

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार