लघु कथा-बुहारीकाे दशैं

  रिता शाही  197 पटक हेरिएको

रिता शाही-दशै काे दिन आउन थाेरै केही समय मात्रै बाँकी छ । तिम्राे दाइ विदेश बाट अनि अङकल, ईन्डिया बाट आईसेके छाेरी तिम्राे के भाेत, विहानै थियाे म विस्तरामै सुतिराथे आारामले फाेन गरेर याे कुराे साेध्नु भाे, म भित्र भित्रै राेय कि ,थिय तर आमालाई निर्धक भयर भने आमा घरमा सर सल्लाह हुन बाकि नै छ, हजुरकाे ज्वाइलाई सोद्छु अनि सासू ससुरा सङग सल्लाह गर्छु, तर यता घरमा कुराे काे टुङ्गो पहिलेनै लागिसकेकाे थियाे, । शासुआमाले याेसाल माईत न जाउ है घरमा पाउनाहरु धेरै आउदैछन छाेरीहरु नि सबै आउछन् पकाउन खुवाउन सघाउनु पर्छ, भनेर भनी सक्नु भएको थियो ।

लेखक : शाही

विडम्बना मैले याे कुराे सुनाईन्,आमालाई हामी छाेरीहरुले जिन्दगीमा कति व्यक्तिसंग समझाैता गरेर जिउनु पर्छ ,बुझ्नेले नारी नाम लाई महान मान्दछन त न बुझ्नेले जे जति र जस्ताे राम्राे गर्दा नि कुराे काट्न छाेडदैनन, हिजाे म अविबाहित छाेरि थिय मलाई सधै दशै तिहार जस्ताे लाग्थ्याे आमा बुवाले सधै विहान विहान टीका आसिर्बाद र दक्षिणा दिनु हुन्थ्याे ,मिठाे खादा म बाट नै सुरु हुनथ्याे कहिले कुनै कामयाे ,मिठाे खादा म बाट नै सुरु हुनथ्याे कहिले कुनै काम काे जिम्मेवारी महसुस गरेकि थिईन ,मैले प्रराय साथि हरु सङग काे जिम्मेवारी महसुस गरेकि थिईन ,मैले प्रराय साथि हरु सङग खेलेर नै दिनहरु वित्थे ,उम्मेर बढ्दै गयाे विबाह काे बन्धनमा बाधिय मलाई विहेगरेकाे घर काे सस्कार सुरुसुरुमा बाेझ लाग्याे ,।

किन कि मैलाई सुरुमा नै धेरै जिम्मेवार  आईसकेकाे थियाे ,तर पनि मैले गाराे नमानि सिक्दै गए हामी छाेरिहरु काे जिन्दगि थाेरै माेडमा रमाईलाे छ त धेरै माेडहरु दुख कष्ट मय छ,फरक यदि छ कसै लुकाउन सक्छन कसैले सहन सक्छन र ती पिडाहरु सबै देखिदैनन ,मैले नि तेसरि नै सहने प्रयास गरे ,दिन भरि मेराे मनमा अनेक कुरा खेले पटक पटक मेराे दिदी र बैनि काे नि कल आउनथ्याे त कहिले आउन्छस् ,म त्यहि भन्थे टुङ्गाे लागेकाे छैन ,साझ सबै खान खायर गफ गर्दै थिय मलाई सन्चाे छैन भनेर रुम मा गय अनि आमा लाई कल गरे मेराे घन्टि उठाउदा सुरुमै आमाले भन्नू भाे छाेरी टुङगाे लाग्याे मैले खुसि साथ भने आमा सासू आमाले त जाउ भन्दै हुनुहुन्थ्यो यता नि सबै दिदी बहिनी आउने रे म मात्र न हुदा न रमाईलाे लाग्छ हाेला मैले नै जान्न भने अर्काे बर्ष आउन्छु नि है आमा ।

मैले याे सबै झुटाे बाेलेकि थिय किन कि दुई घर विच सम्बन्ध राम्राे हाेस भन्य चाहान्थे आमाले रुदै भन्नू भाे नआएकाे पाँच बर्ष भैसक्याे याे साल त आउन्छेस की भनेकाे नआउने भै है अर्काे साल त पनी त बाँच्छु बाँच्दिन के थाहा उस्तै गफमा आमाले फाेन राख्नु भाे मपनी बेसरी राेय कराए, तर के गर्नु आफ्नो चाहाना र रहरहरु हुँदाहुदै पनि हामी नारीहरुले अरुकाे खुसि काे लागि र सम्बन्ध काे लागि सहेर बस्नु पर्ने हुन्छ अनि आफ्ना लाई माया हुदा हुँदै पनि टाढा हुनुपर्छ । याे त एक कथा मात्र हाे तर धेरै दिदी बहिनी हरुकाे जीवन सङग मेल खाने प्रतक्ष कति घटना छन् ।

यस्ता तर सबै ले पाेख्न सक्दैन कतिय ले त्याे बेदाना विसाउने ठाउनै पाउदैन तेस पछि म रुदा रुदै सुतेछु थानै पाईन विहान उठ्दा मेराे अनुहार नै फरक थियाे कसैले थाहापायन कि माईतिकाे याद ले राेयर हाे भनेर सन्चाे छैन भनिराथे तेसैले हाेला साेचे सबैले यहाँ पराय धेरै काे जिन्दगि यथार्थ भाेगाई र देखाउने माध्यम फरक फरक छन । याे मेराे एउटा कथा हाे यदि कसैकाे जीवन सङग मिल्न गएछ भने संयोगमात्रै हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार