ज्ञानेन्द्र शाहीमाथि नि’र्घात कु’टपिट

  मूलधारपोष्ट  238 पटक हेरिएको

नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथोलेका हुन् । लगतै शाहीमाथि कुटपिट भएको छ ।

चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ । घटजनमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ । त्यस्तै देशका अधिकासं स्थानमा मेघ गर्जनसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौमस पुर्वानुमान महाशाखाले जनाएको छ।

पूर्व, मध्य र पश्चिमका केहि स्थानमा भारी बर्षासमेत हुने महाशाखाकी मौसमवीद् विभूती पोखरेलले जानकारी दिए। भारी बर्षासँगै पहाडी क्षेत्रमा पहिरो र तराईमा बाढी आउन सक्ने भएकाले सचेत रहन महाशाखाले आग्रह गरेको छ।

बिशेषगरी पूर्वी क्षेत्रमा दिउँसो भारी बर्षा हुनसक्ने भएकाले स्थानीयलाई सचेतना अपनाउन महाशाखाले भनेको छ। शनिबार दिउँसो र बेलुकीपख काठमाडौं उपत्यकामा पनि पानी पर्ने संभावना रहेको मौसमबीद् पोखरेललको भनाई छ। बंगालको जलबाष्पयुक्त बायु र न्युनचापिय रेखाका कारण केहिदिनयता मनसुनी गतिविधी सकृय भएको छ। मनसुनी गतिविधी सकृय भएका कारण अवको तीनदिनसम्मै देशभर पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार