महाकाली यातायातको बस दुर्घटना

  मूलधारपोष्ट  352 पटक हेरिएको

महेन्द्रनगरबाट बैतडीको मेलौलीका लागि छुटेको ना ४ ख ४०१९ नम्बरको महाकाली यातायातको बस गएराती साढे तीन बजे बैतडीकै पाटन नगरपालिका ६ को लोर्खामा दुर्घटना हुँदा २१ जना घाईते भएको प्रहरीले जनाएको छ। घाईते भने ६ जनाको अवस्था गम्भीर रहेकाले उनीलाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रवक्ता प्रहरी निरिक्षक किसन चन्दले जानकारी दिए।

अन्य घाईतेहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको चन्दले बताए। बसमा ३० जना सवार रहेका थिए। तिव्र गतिको बस अनियन्त्रीत भएर दुर्घटना हुँदा सडकबाट १० मिटर तल खेतमा खसेको बताए। चालक फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

त्यस्तै दैलेखमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दैलेखको डुंगेश्वर गाउँपालिका–२ उम गाउँको भतेल्ना भन्ने ठाउँमा शुक्रबार राति भे १ ज ३९९१ नम्बरको यात्रुवाहक जीप दुर्घटना हुँदा डुंगेश्वर गाउँपालिका–२ उम गाउँकी ७१ वर्षीया चन्द्रकला ओली र ९ वर्षीय बालक दमन बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ। दैलेख सदरमुकामबाट उमका लागि जाँदै गरेको जीप दुर्घटना भएको हो।

प्रहरीका अनुसार उक्त दुर्घटनामा गम्भीर घाइते भएका उम गाउँका २८ वर्षीय लोकेन्द्रबहादुर थापालाई राति नै सुर्खेत र्पुयाइएको र गाडी मालिक उम गाउँकै ३८ वर्षीय इन्द्रबहादुर थापा गाउँकै मेडिकलमा सामान्य उपचारपछि घर फर्किएका छन्।गुराँस गाउँपालिका–४ तालपोखरी घर भएका २६ वर्षीय चालक सुरेश बिक दुर्घटनालगत्तै फरार भएकोले चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार