बाजुरामा दुर्तगतीको इन्टरनेट सेवा विस्तार

  गंगराज पण्डित  751 पटक हेरिएको

बाजुरा- बिष्ट सूचना तथा प्रबिर्धि केन्द्र बाजुरा र वर्ड लिंक कम्युनिकेशनको सहकार्यमा बाजुरा जिल्लाको तल्लो क्षेत्रमा दुर्त गतिको इन्टरनेट सेवा सञ्चालन मा आयको छ ।

बाजुरा बुडिगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र छेडेदह गाउपालिकाका सरकारी तथा गैरसरकारी कार्यालय तथा व्यक्तिगत प्रयोजन को लागि वल्डलिङ्को (world Link) सुरुवात गरिएको छ । जिल्लाको सदरमुकाम मार्तडी मा करिब एक वर्ष पाहेले नै यो सेवा संचालन आई सकेको छ भने जिल्लाकोकोल्टी क्षेत्र मा आउदो बैसाख भित्र सेवा विस्तार गर्ने बिष्ट सूचना तथा प्रबिर्धि केन्द्र का कार्यकारी निर्देशक दिपक बहादुर बिस्ट जानकारी दिनुभएको छ ।

विष्ट बिगत ८ वर्ष देखि सूचना तथा प्रबिधि अधिकृत को रुपमा बयालपाटा अस्पताल अछाम मा कार्यरत हुनुहुन्छ । दिल्ली बिस्व बिद्यालय बाट कम्प्यूटर इनजीनियर पास गर्नु भयका बिस्टको स्थार्इ घर बाजुराको बुडिगंगा नगरपालिका साबिक को बाह्रविस गा.बि.स. वडा न. ८ मा हो ।

विष्टका अनुसार आगामी एक वर्ष भित्रमा बाजुरा जिल्ला का प्रतेक वडा हरुमा उच्च गुणस्थर इन्टरनेट सेवा पुर्याउने लक्ष्य राखेको बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार