सडक चाँडो खुलाउन कानुन मन्त्रीलाइ ज्ञापन पत्र

  मूलधारपोष्ट  214 पटक हेरिएको

बाजुरा-वर्षातका कारण ३ महिनादेखि अवरुद्ध बनेको मार्तडी–कोल्टी सडक खण्ड चाँडो खुलाउनका लागि आवश्यक पहल गरिदिन सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई नागरिक अभियान्ताको समूहले ज्ञापन पत्र बुझाएको छ । तिनमहिना वितिसक्दा पनि अवरुद्ध बनेकोे सो सडकलाई खुलाउन बुढीनन्दा नगरपालिका र बडीमालिका नगरपालिकाले कुनै चासो नदेखाएपछि प्रदेश सरकारका मन्त्री शाहलाई सडक खुलाउन पहलका लागि ज्ञापन पत्र बुझाएको अभियान्ता समूहका निमेन्द्र शाहीले बताएका छन् ।

ज्ञापन पत्र बुझाउँदै शाहीले भने सडक अवरुद्ध भएको तीन महिना वित्यो कसैले पनि यो सडक प्रति चासो देखाएका छैनन् । सडक नखुलेकै कारण पुर्वीउत्तरी क्षेत्रका ४ वटा स्थानीय तह र छिमेकि जिल्ला हुम्ला र मुगुका स्थानीयहरुलाई दैनिक आवत जावतमा समस्या भईरहेको छ । सडक समस्याकै कारण पुर्वीउत्तरी क्षेत्रको कवाडीमा रहेको खाद्यन्न डिपोमा खाद्यन्न छैन् । जनताले स्थानीय बजारहरुबाट दोव्वर भाउमा सामाग्री किन्नु पर्ने बाध्यता सिर्जना भएको छ ।

जिल्लामा ठुलो र पहुँचमा जनताका प्रतिनिधी छन भन्ने आशा जनतालाई भएपनि समयमा काम नहुँदा निरासा मान्नुको विकल्प छैन् सामाजिक अभियान्ता समूहकै अनिल शाहीले गुनासो गरे । पुर्वीउत्तरी क्षेत्रका जनताको दैनिकि संग जोडिएको उक्त सडक खुलाउनका लागि मन्त्री ज्यु जिल्लामै रहँदा जनताको सहजताका लागि जिल्ला भित्र प्रदेशको काममा रहेका ठेकेदार हरुको डोजरहरु प्रयोग गरि उक्त बाटो मर्मत गर्न सकिने आधार भएकाले तत्काल पहल गरि जनतालाई दशैं र तिहारमा दैनिक उपभोग्य सामान र सहज यात्राको वातावरण निर्माण गरिदिन हुन अनुरोध साथ यो ज्ञापन पत्र बुझाएका छौं नहकुल जोशीले भने ।

सामाजिक अभियान्ताहरुको समूहले बुझाएको ज्ञापन पत्र बुझ्दै सुदुरपश्मि सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शाहले भने सो क्षेत्रका स्थानीयहरुको दैनिक सहज यात्राका लागि अवरुद्ध बनेको सडक तत्काल मर्मत गरि सुचारू गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन गर्ने बताएका छन् । साथै उहाँले मार्तडी कोल्टी सडकका लागि यो वर्ष १५ करोड रकम विनियोजन गरिएको र आवश्यक प्रक्रिया अगाडि बडिरहेको बताएका छन् । दशै र तिहारको यो समयमा यात्रुलाई सहज गर्न बुढीनन्दा र बडीमालिका नगरपालिकाका नगर प्रमुख हरूसंग बसी सडक छिटो संचालन गर्न छलफल गर्ने र सोही अनुसार अगाडि बढाउने बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार