अधुरै रह्यो न्युयोर्क घुम्ने सपना

  पत्रपत्रिका खबर  302 पटक हेरिएको

अमेरिकाको केन्टकी राज्यको लेक्जिङ्टनमा ५८ वर्षीय एक नेपालीको सडक दुर्घटनामा निधन भएको छ । मृतक नेपालको महोत्तरी जिल्ला बर्दिबासका विष्णु प्रसाद सापकोटा भएको बताइएको छ । आज विहान मर्निङ वाकमा रहेका सापकोटाको बाटो क्रस गर्ने क्रममा एक अपरिचित कारले ठक्कर दिदा साँढे सात बजे घटनास्थलमै मृत्यु भएको स्थानीय एनआरएन अभियन्ता पुरूषोत्तम बोहोराले जानकारी दिएका हुन् ।

उनका अनुसार सापकोटाको निधन भएको खबरले मुर्च्छा परेकी उनकी श्रीमती विमला सापकोटालाई अस्पताल नै भर्ना गर्नु पर्यो । उनी केही समयअघि मात्र घर फर्केकी छिन् । मृतक सापकोटाको पार्थिव शरीर स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि लगिएको पनि बोहोराले बताए । उनका अनुसार आज साँझ उनका छोरी(ज्वाइँको सल्लाहअनुसार मृतकको अन्त्येष्टीका बारेमा निर्णय गरिने छ ।

सडक दुर्घटनामा आफ्ना एक्ला छोरा गुमाएपछि एकोहोरो झै भएका बिष्णु सापकोटा तीनसाता अघि मात्र अमेरिका भ्रमणमा आएका थिए । छोरी विनिता सापकोटा र ज्वाइँ रोशन घिमिरेको निमन्त्रणामा आएका उनको स्थानीय अस्पतालमा उपचार पनि भैरहेको थियो । अमेरिका आउनुअघि सापकोटाको पीडा भुलाउन उनकी अर्की छोरीले केही समयअघि मात्र अस्ट्रेलिया भ्रमण गराएकी थिइन् । त्यसपछि पनि उनको मानसिक स्थिति सामान्य नभएकोले अमेरिकामा रहेका छोरी(ज्वाईको आग्रहमा श्रीमतीसहित उनी अमेरिका आएका थिए ।

केही समययता अमेरिकामा सवारी दुर्द्धटनामा नेपालीको मृत्यु हुने घटना बढेका छन् । गत सेप्टेम्बर ३ मा मात्र मिजौरीमा छोरी ज्वाइकै निम्तामा आएका गोविन्द खनाद र उनकी पत्नीको पनि निधन भएको थियो । त्यो घटनामा उनकी छोरी श्रद्धाको पनि निधन भएको थियो । घटनामा घाइते ज्वाइँ अस्पतालबाट डपस्चार्ज भए पनि नाति सौर्य ओझा भने अझै आइसीयुमै रहेका छन् । दुईसाता अघि मात्र अमेरिका भ्रमणमा आएका थिए । महोत्तरी बर्दिबास निवासी सापकोटा छोरी(ज्वाइँक निमन्त्रणामा अमेरिका आएर सामान्य उपचार पनि गराइरहेका थिए । अमेरिकाकाको केन्टकीमा आज विहान मर्निडवाक गर्दा सापकोटाको निधनको खबरले मलाई निकै दुखी बनाएको छ ।

अधुरै रह्यो न्युयोर्क घुम्ने सपना (अमेरिकाको केन्टकी राज्यमा बसोवास गर्ने मेरा अन्यन्त मिलनसार मित्र रोशन घिमिरेले केही दिन अघि मात्र भनेका थिए, “सन्जोग, मेरो सासु(ससुरा आउनुभएको छ, एक दिन न्युयोर्क लिएर आउछु, समय मिला है । तर, रोशनले भनेका उनका सासु(ससुरामध्ये ससुराको आज विहान सडक दुर्घटनामा निधन भएको खबर सुनें । स्तव्ध छु ।

दशा बाजा बजाएर आउँदैन तर कहिलेकाँही फालिम लागेर आउँछ भनेको सत्य जस्तो पनि लाग्यो । केही समयअघि एक मात्र छोराको सवारी दुर्घटनामा निधन भएपछि गहिरो शोकमा परेका उनी त्यही पीडा भुलाउन अमेरिका आएका थिए । तर, अब उनी नै सकिए । आफ्नो पीडा त लुकाए होला तर बाँकिलाई अरू पीडा मिल्यो । उहाँको आत्मालाई शान्ति मिलोस् । मेरो प्रिय मित्र रोशनसहित शोक सन्तप्त परिवारजननमा धैर्य धारण गर्ने शक्ति मिलोस् । साभार ब्रेकिङ लिङ्क ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार