मागी विवाहमा दम्पती बीचको सह’बासको जीवन

  पत्रपत्रिकाबाट  260 पटक हेरिएको

नेपालमा अहिले पनि धेरैले मागी विवाह गर्छन्। यसमा दम्पतीबीच अन्य पक्षबारे व्यापक छलफल हुने भए पनि यौनका विषयमा आवश्यक मात्रामा छलफल हुने गरेको छैन। बाल्यावस्थामा अभिभावकबाट आवश्यक यौनसम्बन्धी जानकारी नपाउने, जिज्ञासा राखिहाले पनि खप्की खाने गरेका छन्। स्कुल, कलेजमा पनि आवश्यक मात्रामा यौन शिक्षा दिइँदैन। हाम्रो समाजमा विवाहपछि मात्र यौनसम्पर्क राख्ने सामाजिक तथा कानुनी मान्यता छ। जसले गर्दा प्रेम विवाह गर्नेले पनि यौन व्यवहारलाई लिएर खुलस्त छलफल गरेको पाइँदैन। आजभोलि केही जोडीले भने विवाहपूर्व यौन सम्बन्ध राख्ने गरेका छन्। त्यसैले विवाहलगत्तै दम्पतीबीच एकापसमा यौनिक रूपमा कसरी प्रस्तुत हुने भन्ने कुराको अन्योल देखिन्छ।

त्यसो त यौन भौतिक कार्य मात्र होइन, यौन क्रियाकलापमा अप्रत्यक्ष रूपमा अन्य धेरै तत्त्वले सहायक भूमिका निर्वाह गरिरहेका हुन्छन्। त्यसैले त विवाहलगत्तै नवदम्पतीको कोठामा रङरोगनका साथै अन्य सामान सुव्यवस्थित गरिएको हुन्छ। वातावरण सुमधुर बनाउन अत्तर तथा बास्नादार धूप प्रयोग गरिएको हुन्छ। ताजा फलफूल एवं दूधको व्यवस्था गरिएको हुन्छ। कालान्तरमा यी कुरालाई निरन्तरता नदिए पनि वैवाहिक जीवनको पहिलो रातदेखि नै सुमधुर सम्बन्ध बनाउन यी कुराले उत्प्रेरकको काम गर्छन्।

आजकल समय अलि फेरिएको छ। मागी विवाहमै पनि कुरा छिनिसकेपछि एकदुई पटक पार्टनर भेट्ने चलन बढ्दो छ। प्रेम विवाहमा त भन्नै परेन। मागी विवाह गर्नेले त भइहाल्यो, लभ म्यारिज गरेकाले पनि विगतमा यौन जीवनबारे छलफल गरेका छैनन् भने विवाहको पहिलो रात आपसी भलाकुसारी गर्दा महिला पार्टनरको महिनावारी व्यवहार, महिनावारी चक्र, सुरक्षित सेक्स, आकस्मिक गर्भनिरोधका साथै यौन स्वास्थ्य, यौन चाहनाबारे स्पष्ट तरिकाले छलफल गर्न आवश्यक छ। नेपाली समाजमा मागी, प्रेम वा कोर्ट म्यारिजपछि मात्र जोडी सामाजिक रूपमै यौनसम्पर्कका लागि स्वतन्त्रता पाउने गर्छन्। त्यसकारण पहिलो रातदेखि नै बिनाडर, त्रास स्वतन्त्र तरिकाले यौनकार्यमा सहभागी हुन सक्छन्।

पार्टनरबीच एकापसमा इच्छा, चाहना तथा भावना राम्ररी साटासाट नभईकनै केवल यौनकार्यमा ध्यान दिनु राम्रो हँुदैन। विवाहपछिको पहिलो रात वैवाहिक तथा यौन जीवनको आधार स्तम्भ पनि हो। त्यस दिन आफ्नो स्वार्थ प्रकट गर्नुभन्दा जिम्मेवार तरिकाले प्रस्तुत हुनु बुद्धिमानी हुन्छ। यसो भएमा विशेष गरी श्रीमतीले यौनप्रति गलत धारणा बनाउँदैनन्। पहिलो रातै उच्छृंखल रूपमा प्रस्तुत हुने, उज्यालो वातावरणमै वा गोपनीयता कायम नगरीकनै यौन क्रियाकलाप गर्नेलगायत गर्नु हुँदैन।

नेपाली समाजमै पनि वैवाहिक संस्कार फरक–फरक खालका हुन्छन्। विवाहलगत्तैको भोज तथा पार्टीका कारण पनि शारीरिक थकान हुने सम्भावना उत्तिकै हुन्छ। यस्तो बेलामा नवदम्पतीले आफ्नो यौन चाहना परिपूर्ति गर्नतर्पm मात्र लाग्नुभन्दा मधुरात्रि पूर्वको समय परिवारसँग हेलमेल गर्नुपर्छ। पहिलो रातमा कसरी प्रस्तुत हुने वा भइन्छ भन्ने कुरा व्यक्तिपिच्छे वा पारिवारिक वातावरणअनुसार पनि फरक पर्छ। पहिलो रातमा मात्र नभई त्यसपछिका केही समयसम्म पनि यौन स्वास्थ्यका दृष्टिले धेरै कुरामा ध्यान दिनुपर्छ। भोजन, यौनांगको सरसफाइ, यौन सम्बन्ध राख्ने उचित समय, सुरक्षित सेक्स, कन्डमको सही प्रयोग लगायतमा ध्यान दिनुपर्छ।

पटक–पटकको यौन क्रियाकलापका कारण जननेन्द्रियको संक्रमण, असामान्य योनिस्राव, पिसाब पोल्ने समस्या, रगत बग्ने समस्या ९हाइमेन वा अग्रचर्म च्यातिएर०, यौनसम्पर्कका बेला अधिक पीडा हुने समस्या भएमा चिकित्सकसँग सल्लाह लिनुपर्छ। मधुरात्रि तथा मधुमासका बेला नौलो ठाउँ वा होटेल, लजमा रात बिताउँदा सुरक्षामा उत्तिकै ध्यान दिनु जरुरी छ। यसरी प्रथम रात्रिमा जीवनसाथीको विश्वास जितेर उनलाई पूर्ण मात्रामा उत्तेजित बनाई यौन सन्तुष्टि दिनु÷लिनु जिम्मेवार पार्टनरको दायित्व हो।

प्रत्येक व्यक्तिको हुर्केको वातावरण तथा व्यक्तित्व निर्माण फरक–फरक हुन्छ।  त्यसैले कतिपय कुराप्रति आ–आफ्नै धारणा एवं सोच हुन्छन्। त्यसैले बिहेको पहिलो रात तनावको समय पनि हो। दबाएर, बल प्रयोग गरेर आफ्नो विचार लाद्नुभन्दा सहमति एवं समझदारीको वातावरण बनाउनु राम्रो हुन्छ। यस्तो भयो भने पार्टनरले आफूलाई भइरहेको समस्या निर्धक्क भन्न सक्ने हुन्छ। जसले गर्दा जीवन सुखदायी हुने खबर सम्पूर्ण साप्ताहिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार