राती ८ बजे परिवा’रसंगै बसेका छोरा बिहान दुर्घ’टनाको खबर सुने’पछि

  मूलधारपोष्ट  2251 पटक हेरिएको

पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१० का २२ वर्षीय दीपेश राना सोमबार राति ८ बजेसम्म घरमै बसिरहेका थिए। सोही नगरपालिका-१ घर भई कैलाली बस्दै आएका सुरज रानामगर कार लिएर आइपुगे। उनको कारमा अन्य तीन-चार भाइ पनि थिए। दीपेशका बुवा गनबहादुरका अनुसार कारमा देवचुली-१ का पूर्णबहादुर बिक, गनबहादुरका जेठानका छोरा देवचुली-५ का दिलबहादुर ढेडा मगर, नातामा भाइ पर्ने (साँइलो बुवाको छोरा) देवचुली-१० का हीराबहादुर पनि थिए।

राति दुर्घटनाको खबर पाएपछि पुगेको प्रहरीले कच्याककुचुक भएको कारबाट निकालेर जिल्ला अस्पताल भरतपुर चितवन पठाएको थियो। उनीहरूको उपचारको क्रममा मृत्यु भएको थियो। प्रहरीले ट्रकका चालक ३० वर्षीय बुद्धिराम चौधरीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान भइरहेको नवलपरासी प्रहरीले बताएको छ। कारबाट उत्रिएर सुरजले दीपेशलाई बोलाए। उनीहरूबीच भेट्ने सल्लाह नै थियो वा थिएन भन्नेमा गुनबहादुर प्रष्ट छैनन्। घर देवचुली नै भए पनि चालक सुरज कैलाली बस्दै आएका थिए। उनी कैलालीमा ठेक्कापट्टाको काम गर्थे। बुवाआमालाई उनले उतै लगेका छन्।केही दिनअघि मात्र उनी देवचुली आएका थिए।

‘उनीहरू कता गए पत्तो भएन। साथीभाइ रमाइलो गर्ने भन्दै हिँडेका थिए,’ गनबहादुरले भने, ‘बिहान त दुर्घटनाको खबर आयो।’ सुरज गाउँघरका साथीभाइलाई बटुल्दै कार लिएर देवचुली-१४ दलदललेको एउटा होटलमा पुगेका थिए। त्यहाँबाट उनीहरू राति १० बजे नगरपालिकाबाट पूर्वतिर निस्केका थिए। कारमा चढेकाहरूको उमेर २० देखि ३५ वर्षको छ।‘उनीहरू दोहोरी साँझ जाने भन्दै होटलबाट निस्केका रहेछन्,’ उनले भने, ‘त्यसैक्रममा बीचमा दुर्घटना भएको रहेछ।’उनीहरू चढेको बा२१च ६४०९ नम्बरको कारलाई सोमबार राति विपरीत दिशाबाट आएको लु१ख ८५३२ नम्बरको ट्रकले ठक्कर दिएको थियो। नशाको सुरमा उनीहरू कहाँ हिँडेका थिए भन्ने यकिन हुन सकेको छैन।

चालकले प्रहरीलाई दिएको प्रारम्भिक बयानका क्रममा कार तीव्र गतिमा रहेको बताएका छन्। मृत्युको खबर पाएपछि गनबहादुर चितवन आएका छन्। भरतपुर अस्पतालमा पाँचै जनाको शव पोस्टमार्टम गरिँदैछ। कैलालीमा रहेका सुरजका बुवाआमा दुर्घटनाको खबर पाएपछि आज नवलपरासी आउन लागेको गुनबहादुरले बताए। हावाहुरीसहित पानी परेको समयमा कार तीव्र गतिमा रहेका कारण यस्तो दुर्घटना भएको प्रहरीले जनाएको छ। ओभरटेक गर्ने क्रममा कार ट्रकसँग ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

दुर्घटनामा परेको कार पूर्ण रूपमा कुच्चिएकाले भित्र च्यापिएका शव निकाल्न करिब २ घन्टा समय लागेको प्रहरी निरीक्षक अधिकारीले बताए। कार कहाँबाट आएको र गन्तव्य कहाँ थियो भन्ने नखुले पनि पूर्वबाट कावासोतीतर्फ जाँदै गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। राति सवा दस बजे दुर्घटना भएकोले दुर्घटनाअघि उनीहरू होटलमा खानपिन गरी आएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार