जोसमा होस गुमाउदा महिला प्रकाउ

  पत्रपत्रिकाबाट  2466 पटक हेरिएको

जोसमा होस गुमाउने एक फरार महिलालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै नेपाली युवासँग डेढ करोड ठगी गर्ने विमला थापालाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

ठगी अभियोगमा दोषी ठहर भएकी बिमला थापा २ वर्षपछि पक्राउ परेकी हेुन् । सरीता कुमारी सापकोटाको जाहेरीले नेपाल सरकार वादी रहेको मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणले २६ असार २०७४ मा बिमलाविरुद्ध १ करोड ५० लाख रुपैयाँ जरिवाना र ६ महिना कैद सजायको फैसला सुनाएको थियो ।

बिमला भने न्यायाधीकरणको फैसलापछि फरार थिइन् । काठमाडौं महानगरपालिका–१० घर भएकी बिमलालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रबाट पक्राउ परेकी बिमलालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले केन्द्रीय कारागार सुन्धारा चलान गरेको सीआईबीका प्रवक्ता बेल बहादुर पाण्डेले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार