यस्तो थियो सामाजिक अभियान्ता लक्ष्मी आचार्यको अन्तिम स्टाटस

  मूलधारपोष्ट  651 पटक हेरिएको

“माफ गर्नुहोस ! जीवन काल्पनीक होइन न त भ्रम नै ,हो त केवल यात्रा ,जसले उतार चढाव सिकाउछ।”यो फेसबुक स्टाटस सामाजिक अभियन्ता लक्ष्मी आचार्यको हो । यही स्टाटस नै उहाको जीवन यात्रामा उतार चढावको अकल्पनीय बज्रपात बनेर खडा भएको छ । फलस्वरुप एक साइकल यात्रीलाई बचाउन खोज्दा स्कुटर दुर्घटनामा उहाको २८ वर्षको कलिलो जीवनले सदाकालागि संसारवाट विदा लिएकोछ ।

पूर्व शिक्षिका समेत रहेकी लक्ष्मी युनाइटेड मिसन टु नेपालको चाइल्ड पार्टनर कम्युनिकेशन परियोजनामा प्रोगाम अफिसर ,शिद्धार्थ सामाजिक विकास केन्द्रको परियोजना संयोजक, सामुदायिक रेडियो बुद्ध आवाजको कार्यक्रम प्रस्तोता लगायतका वहु आयामिक क्षेत्रवाट सामाजिक अभियन्ताको रुपमा कृयासिल रहदै आउनु भएको थियो । अफिसको कामवाट कोपवाको झण्डामा अवस्थित घरमा फर्कदै गर्दा निग्लीहवाको पचेहरामा उहा दुर्घटनामा पर्नु भएको हो । क्रिमशन अस्पत्तालमा रहनु भएका शिद्धार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोम नारायण पौडेलले घटनामा सिघ्र उद्धार हुन नसक्दा लक्ष्मीले ज्यान गुमाउन परेको पीडा सुनाउनु भयो ।

तत्काल घटनाको खवर र उद्धार हुन नसक्दा गंभिर चोट र उच्च रक्तश्रावका कारण उहाँको निधन भएको हो । इलाका प्रहरी कार्यलय पिपराका निरिक्षक आयुष प्रसाद जोशीका अनुसार प्रहरीले थाहा पाउदासाथ दुर्घटनाबाट गम्भिर घाइते आचार्यलाई तत्काल उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि तत्काल बुटवल स्थित क्रिमसन अस्पत्ताल रिफर गरिएको थियो । साझ सवा ९ वजे लक्ष्मीलाई अस्पत्तालले मृत घोषणा गरेको थियो । घटनाको वारेमा प्रहरीले साझ पौने ७ वजे जानकारी पाएको थियो । साइकलमा सवार ब्यक्तिको बुटवल क्रिमसनमा उपचार हुदैछ उहाको अवस्था खतरा मुक्त रहेको प्रहरीको भनाइछ । प्रेसपाटीबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार