सुनको जलपमा गजब

  पत्रपत्रिका खबर  314 पटक हेरिएको

‘सुनभन्दा कम छैन, हराएमा डर छैन’ लेखिएका बोर्ड झुन्डिएका पसल राजधानीका विभिन्न ठाउँमा देखिन्छन्। केही वर्षयता नेपाली बजारमा गोल्ड प्लेटेड अर्थात् सुनको जलप लगाइएका गहना छ्यापछ्याप्ती देखिन्छन्। सक्कली सुन महँगिएपछि बजारमा सुनका जस्तै देखिने नक्कली गहनाको व्यापार बढेको छ।

सुनभन्दा निकै सस्तो पाइने भएकाले यस्ता गहना आजकल धेरैले रुचाउने काठमाडौँ, विशाल बजारका व्यवसायी हीरालाल बताउँछन्। ‘अहिले सुनको भाउ छोइनसक्नु भएको छ,’ उनी भन्छन्, ‘त्यसैले हिजोआज गोल्ड प्लेटेड गहनाको माग खूब बढेको छ।’यस्ता गहना बंैककका बढी आकर्षक र टिकाउ हुने उनी बताउँछन्। ‘बजारमा पाइने चाइनिज आर्टिफिसियल गहना अरूको भन्दा सस्तो हुन्छ,’ उनी भन्छन्, ‘तर, टिकाउ हुँदैन। धेरै महिलाले थाइल्यान्डमा बनेका गोल्ड प्लेटेड गहना रोज्ने गरेका छन्। त्यसपछि भारतमा बनेका आर्टिफिसियल गहना मन पराउँछन्।’

कम मूल्यमा नयाँ–नयाँ डिजाइनको गहना पाइने भएकाले महिलाहरूले एउटा पार्टीमा लगाएको गहना अर्को पार्टीमा लगाउन त्यति नरुचाउने काठमाडौँ, इन्द्रचोकमा रहेको स्वस्तिक सिटी शृंगारका व्यवसायी वीरेन्द्र विक्रम बताउँछन्। ‘हामीकहाँ एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका पाँच वर्षको वारेन्टीसहित छड्के तिलहरी, माइली तिलहरी, ह्वाइट स्टोन नेकलेस, रानीहार, रामलीला झुम्कालगायत पाइन्छन्,’ वीरेन्द्र भन्छन्।

काठमाडौँ, चाबहिलकी सुनीता काफ्ले आफूलाई थरी–थरीका गहना लगाउने सोख भएको बताउँछिन्। ‘मलाई नयाँ–नयाँ डिजाइनका गहना लगाउन मन पर्छ,’ उनी भन्छिन्, ‘तर, सुन यस्तो महँगो छ, कसरी नयाँ–नयाँ डिजाइनका गहना किन्न सक्नु ? त्यसैले आर्टिफिसियल गहना लगाएर चित्त बुझाउने गरेकी छु। सस्तो त छँदै छ, हराएमा पनि टेन्सन छैन।’

काठमाडौँ, न्युरोडकी शर्मिला तिमिल्सिना गोल्ड प्लेटेड गहनाकी सोखिन हुन्। ‘तीजका लागि छड्के तिलहरी र मंगलसूत्र किनेँ,’ उनी भन्छिन्, ‘बजेटमा भ्याउने भएकाले आर्टिफिसियल गहना किन्ने गरेकी छु।’ काँडाघारी, सावित्री बस्नेतलाई पनि सुनको जलप लगाइएका गहना मन पर्छन्। ‘गोल्ड प्लेटेड गहना पुरानो भएपछि फेरि साट्न मिल्छ,’ उनी भन्छिन्, ‘फेरि जलप लगाउन पनि मिल्छ। सम्पूर्णमा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार