को को परे समानुपातिक सुचिमा ? नाम सहित हेर्नुहोस्

  मूलधार सम्वादाता  458 पटक हेरिएको

काठमाडाैं-  नेपाली कांग्रेसबाट १९ पुरुषको समानुपातिकबाट प्रतिनिधित्व हुनेछ। तीन दलमध्ये समानुपातिकमा सवैभन्दा बढी पुरुष सांसद् कांग्रेसले छनोट गर्न पाउने भएको छ। कांग्रेसले १९ पुरुष समानुपातिकबाट प्रतिनिधित्व गराउनेछ।

कांग्रेसले प्रत्यक्षमा २३ सिट जितेको छ। समानुपातिकमा कांग्रेसले ४० सिट पाउने देखिन्छ। दुबैतर्फ गरी कांग्रेसमा ६३ सांसद् हुनेछन्। एक तिहाइ महिलाको संख्या पु¥याउन २१ जना समानुपातिकबाटै सिफारिस गर्नु पर्नेछ। प्रत्यक्षमा कांग्रेसबाट एकजना पनि महिला निर्वाचित भएका छैनन्।

४० सिट समानुपातिकमध्ये २१ महिला सिफारिस गरेर बाँकी रहेको १९ जनामा कांग्रेसले पुरुष उम्मेदवार छनोट गर्न सक्नेछ।

कांग्रेसमा खसआर्य पुरुषबाट बालकृष्ण खाँड, दिलेन्द्र बडु, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्य केसी लगायतको नाम क्रमश छ।
यस्तै, जनजातिबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, दिव्यमणि राजभण्डारी लगायतको नाम क्रमश छ।
मीन विश्वकर्मा, प्रकाश रसाइली, नरभान कामी लगायतको नाम दलित समूहबाट क्रमश छ।

बिनोद चौधरी, अनिल रुगटा, रामचन्द्र तिवारी, लक्ष्मण राय लगायतको नाम मधेशी कोटाबाट क्रमश सूचीमा छ। मुस्लिमबाट अतहर कमाल मुसलमानको नाम पहिलो नम्बरमा छ। सबै समूहबाट प्राथमिकताका आधारमा नाम छनोट हुनेछ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार